प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने कांग्रेसको निर्णय

काठमाण्डाै - नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको हो । आजको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । त्यस्तै बैठकले मङ्सिर ४ गते हुने चुनावका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टीका मुख्यसचिव कृष्ण पौडेललाई दिएक...

सम्बन्धित सामग्री

एमाले मोरङ सचिवले दिए राजीनामा, उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि

२२ असोज, मोरङ । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै सापकोटाले राजीनामा दिएका हुन् । उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको […]

काभ्रेमा माओवादीबाट ‘टिकट’ : संघमा सर्वसम्मत, प्रदेशमा आकांक्षीको भिड

काभ्रे : नेकपा माओवादी केन्द्र काभ्रेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टीको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो।काभ्रेमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र २÷२ वटा गरी ४ वटा निर्वाचन क्षेत्र रहेका छन्।  ती निर्वाचन क्षेत्रमध्ये प्रतिनिधि सभा २ को उम्मेदवार मात्रै सर्वसम्मत सिफारिस भएको छ। जसमा  डा. भरतप्रसाद लामिछाने एकल उम्मेदवारको रूपमा सिफ

माओवादी केन्द्र रुकुम पूर्वले गर्‍यो उम्मेदवार सिफारिस

२३ भदौ, रुकुमपूर्व । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका, दजजीत सेर्पाइली र जुनकुमारी रोकालाई […]

एमाले तनहुँमा उम्मेदवार सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ ।

धनुषाबाट माओवादी केन्द्रका २७ जनाको नाम सिफारिस

जनकपुरधाम – नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनुषाबाट २७ जनाको नाम सिफारिस  गरेको छ। माओवादी केन्द्र धनुषा कमिटीले केन्द्रीय कमिटीमा आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुको संयुक्त बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस […]

हास्य कलाकार जोगिन्दर पानवाला सर्लाहीबाट उम्मेदवार सिफारिस

काठमाडौंः जोगिन्दर पानवालाको नामले चिनिने हास्य कलाकार शिवशंकर रिजाल आगामी चुनावका लागि उम्मेदवार सिफारिस भएका छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका हुन्। रिजालले आफ्नो सामाजिक सञ्जाल मार्फत आफू उम्मेदवारको रुपमा सिफारिस भएको जानकारी दिएका हुन्। नेपाल साँस्कृतिक संघसँग आवद्ध रिजाल कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न. ४ (क) बाट प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ सिफारिस परेका हुन्।रिजालले एक दशकभन्दा लामो समय ट

नवलपरासी २ मा कंडेल र १ मा विनोद चौधरीसहित ५ जना सिफारिस

२० भदौ, बुटवल । नेपाली कांग्रेसले नवलपरासी पश्चिमका दुई प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीसहित ५ जना सिफारिस भएका छन् । क्षेत्र नंं. २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र नं. १ […]

एमालेद्वारा पाल्पामा उम्मेदवार सिफारिस

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले)ले पाल्पाबाट उम्मेदवार सिफारिस गरेको छ ।

नैनसिंह महर कैलाली-४ बाट उम्मेदवार सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि महर सिफारिस भएका हुन्। उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरिएको हो।...