काठमाडौं : निर्वाचन आयोगले शनिबारदेखि समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ। आयोगले शुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकीको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको हो। चार प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ। लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने आयोगले बनाएको छ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फ