ओलीजत्तिकाे नेता अर्काे काेही भेट्टाइनँ, एमाले प्रवेश गर्न पाउँदा खुसी छु - पूर्व आईजीपी खनाल

काठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्नुभएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गर्नुभएको हो । एमाले प्रवेश गर्दै पूर्व आईजीपी खनालले अध्यक्ष ओलीजत्तिको नेपालमा अर्को कुनै नेता नभएको जिकिर गर्नुभयाे । उहाँले प्रहरीकाे जागिर खाँदादेखि आईजीपी हुँदासम्म ओलीसरहको नेता अर्को नभेटिएकाले ओलीको भाषणबाट लालायित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले करिब ...