कर्मचारीलाई कोरोना : मालपोत कार्यालय बागलुङ अनिश्चितकालका लागि बन्द

कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो ।कर्मचारीहरु आइसोलेसनमा रहेको हुँदा कार्य सम्पादनका लागि जनशक्ति अभाव भएको भन्दै मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराएका हुन् ।

सम्बन्धित सामग्री

बागलुङको मालपोत कार्यालयमा अति आवश्यक बाहेकका सेवा बन्द

बागलुङ, माघ ९ । कर्मचारी कोरोना संक्रमित भएपछि मालपोत कार्यालय बागलुङको अति आवश्यक बाहेकका नियमित सेवा बन्द गरिएको छ । कार्यालयका चार जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि सेवा बन्द गरिएको हो । मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार सूचना जारी गर्दै जनशक्ति अभावमा अनिश्चतकालको लागि कार्यालयको सेवा बन्द […]