एमालेकाे लोगोप्रति माओवादी केन्द्रको आपत्ति

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एमालेको नयाँ लोगोप्रति आपत्ति जनाएको छ। माओवादी केन्द्रको लोगोसँग मिल्दोजुल्दो भएपछि माओवादीले आपत्ति जनाएको हो। एमालेको असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले नयाँ लोगो सार्वजनिक गरेको थियो। त्यसमा माओवादीले आपत्ति जनाएको छ। एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो। एमालेको नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको थियो। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो राखिएको छ।&nb