विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने

विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने भएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा हिजो आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्री मण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले बताए ।