बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र

विराटनगर । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र परेको छ । मुआब्जा विवाददेखि लिएर ठेकेदारले काम नगरी बीचैमा भागेका कारण रेलमार्ग विस्तारको काम अलपत्र परेको हो ।सन् २०१९ डिसेम्बर १२ सम्ममा बथनाहादेखि नेपालतर्फको बुधनगर हुँदै कटहरीसम्म रेल सञ्चालन गर्ने योजनाअनुसार सन् २०११ बाट कुल १८.६०१ किलोमिटर लामो रेलमार्ग विस्तारको काम सुरु भएको थियो । तर ९ वर्ष पूरा भइसक्दा पनि नेपालतर्फको रेलमार्ग निर्माणका लागि अझै ८