जेनजी आन्दोलनका २६३८ घाइतेको विवरण सार्वजनिक

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले देशभरका अस्पतालबाट सङ्कलन गरिएको विवरणका आधारमा घाइतेहरूको तथ्यांक सार्वजनिक गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट प्राप्त नामसूचीका आधारमा विवरण सार्वजनिक गरिएको हो। उनका अनुसार देशभरका ९९ अस्पतालमा […]