ए डिभिजन लिग : मछिन्द्रको विजयी सुरुआत, आर्मी र पुलिस बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब १-१ गोलको बराबरी खेलेका छन्।तर, लिगको साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले गोल फर्काउँदै आफ्नो टोलीलाई बराबरीमा ल्याएका थिए।बाँकी समयमा दुवै टोलीले गोल गर