प्रचण्डलाई धन्यवाद भन्न उपेन्द्र महतो खुमलटारमा

काठमाडौं, २८ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महताको नेतृत्वमा संघको प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ । भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ । प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेको थियो । […]