सैनिक अस्पतालका लागि डाक्टर, नर्ससहित कर्मचारी माग

जंडी अड्डाले सैनिक कल्याणकारी कोष अन्तर्गत देशका विभिन्न क्षेत्रमा सञ्चालित अस्पतालका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको हो।

सम्बन्धित सामग्री

आठौंदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि नगरपालिकाले दरखास्त आह्वान गरेको हो ।  नगर कार्यपालिका कार्यालय तथा नगरपालिका अन्तर्गत मुलपानी नगर अस्पतालका लागि कर्मचारी आवश्यक भएकाले कर्मचारी माग गरिएको हो ।  मेडिकल अधिकृत, डेन्टल सर्जन, हल्थ असिष्टेन्ट, स्टाफ नर्स, डेन्टल हाइजिनिष्ट, फार्मेसी सहायक, ल्याव...

गौर अस्पतालमा दक्ष चिकित्सकको अभाव, उपकरण प्रयोग बिहिन

वैशाख ३०, रौतहट । रौतहटको गौर अस्पतालमा आइसीयू र भेन्टीलेटरको सुविधा छ । अस्पतालको माथिल्लो तल्लामा १० बेडको आइसीयू र ४ ओटा भेन्टीलेटर मेशिन छन् । तर दक्ष तथा आवश्यक जनशक्ति नहुँदा प्रयोगमा ल्याउन सकिएको छैन । अक्सीजन बाहेक अन्य कुनै उपचार अस्पतालले नदिँदा संक्रमितको ज्यान जाने गरेको छ । ३ दिनमा मात्र ६ जनाको ज्यान गएको छ । गौर अस्पतालको पश्चिम पट्टि अर्को भवनलाई पनि अस्थायी कोभिड वार्ड बनाइएको छ ।  अस्पतालकै चिकित्सक तथा कर्मचारीहरु ड्यूटी मिलाएर कोभिड वार्डमा खटिएका छन् । गौर अस्पतालका निमित प्रमुख डा. कृष्ण साह ९ जना चिकित्सकको दरबन्दी रहेको पनि अहिले आफू मात्र कार्यरत रहेको बताँउछन् ।  पटक पटक जिल्लामा जनशक्ति पठाउनका लागि सम्बन्धित निकायमा पत्र वा जानकारी दिँदा पनि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मि उपलब्ध हुन नसकेको उनको दुखेसो छ । पीसीआर ल्याबमा स्वाब परीक्षणको लागि जनशक्तिको अभाव रहेको उनले प्रष्ट पारे । पीसीआर ल्याबमा १४ जना कर्मचारी हुनु पर्नेमा ५ जना कर्मचारीले सेवा दिइरहेको उनको भनाइ छ ।  कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा एनेस्थेसिया, पारामेडिक्स, फिजिसयनको अभावमा आइसियू र भेन्टीलेटर सेवा दिन नसकेको डा.साहले बताए ।  उनका अनुसार प्रदेश सरकारसंग मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको छ ।  सोही अनुसार सूचना जारी गरेर आवश्यक कर्मचारी माग गरेको उनले बताए । संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयले चासो नदेखाउँदा गौर अस्पतालका उपकरण जनशतिm अभावमा नै प्रयोग बिहिन हुन पुगेको हो ।