कुवेतबाट मंगलबार काठमाडौँ आएको जजिरा एयरवेजको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेन । काठमाडौँको मौसम खराब भएका कारण जे नाइन ५४१ को जहाज भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडानमार्फत आएको जहाज डाइभर्ट भएर अवतरण भएको यो पहिलोपटक हो ।भारतीय जहाज भने भैरहवा बसेनन्तर, काठमाडौँमा अवतरण गर्न नसकेका २ भारतीय जहाज भने डाइभर्ट भएर भैरहवा नगई भारत नै फर्किए । जेठ २५ गते बुधबार नयाँ दिल्लीबाट काठमाडौँ आएका इन्डिगो र भिस्तारा एयरका जहाज काठमाडौँमा अवतरण गर्न नसकेपछि भैरहवा जानुको सट्टा भारतको लखनउमा गएर अवतरण भए ।नेपालमा एउटा मात्रै अन्तराष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा अवतरण गर्न नसकेका जहाजहरु भारतको पटना र लखनउमा डाइभर्ट हुँदै आएका थिए । तर, नेपालमै अर्को अन्तराष्ट्रिय विमानस्थल अपरेशनमा आईसकेपछि पनि भारतीय जहाजहरु डाइभर्ट हुनुपर्दा भारतकै लअनउ र पटनामै फर्किएका छन् ।जेठ २५ गते बुधबार काठमाडौँको मौसम सफा नभएको र डाइभर्टका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले इन्डिगो र भिस्ताराको जहाजलाई भैरहवा, पटना वा लखनउमा अवतरण गर्न सकिने विकल्प दिएको थियो । त्रिभुवन विमानस्थलले जहाजहरु सिमरा क्षेत्रमा हुँदै काठमाडौँको मौसम खराब भएको जानकारी गराएको थियो । यसअघिःयसकारण बन्द हुन सक्छ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजीराको उडानतर, २० मिनेटको उडानमा अवतरण हुन सक्ने भैरहवा विमानस्थल छोडेर दुबै कम्पनीका विमान १ घण्टा उडेर लखनउ पुगेर अवतरण भए । ‘भैरहवालाई भारतले अन्तराष्ट्रिय एयरपोर्ट मान्दैन’त्रिभुवन विमानस्थलले विकल्पका रुपमा अवतरण गर्न सकिने भनेर दिएको ३ विकल्पमध्ये सबैभन्दा नजिक थियो भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल । तर, भारतीय वायुसेवा कम्पनीका जहाज भैरहवामा अवतरण नभई लखनउ फर्केपछि नेपालको राजनीति र नागरिक उड्डयनको क्षेत्रमा भारतले भैरहवा विमानस्थल अस्वीकार गरिरहेको चर्चा चुलिएको छ ।भारतले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल नमानेका कारण भारतीय वायुसेवा कम्पनीका विमान नजिकको विमानस्थल छोडेर लखनउ फर्किएको नागरिक उड्डयन प्राधिकरण (क्यान) स्रोतले बताएको छ । भारतले रुट दिन अस्वीकार गरिरहेको र भारतको सहमति बिना भैरहवा विमानस्थलमा व्यवसायिक उडान सहज नहुने अवस्था छ । यसका लागि दुई देशबीचको कर्मचारी स्तरमा नभई राजनीतिक तहमै वार्ता आवश्यक रहेको क्यानका एक पूर्व महानिर्देशकको भनाई छ ।यो पनिःलुम्बिनी आएका मोदीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल किन प्रयोग गरेनन् ?भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन लुम्बिनी आउँदा पनि उनले भैरहवा विमानस्थल प्रयोग गरेनन् । भारतको राजधानी दिल्लीबाट उडेका मोदी भैरहवाबाट २ सय किलोमिटर टाढा पर्ने भारतको उत्तर प्रदेशस्थित कुसीनगर अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आएका थिए । अर्कोतर्फ, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चिनियाँ लगानीमा बनेका कारण पनि मोदी सरकार यसप्रति सकारात्मक छैन । यसको पुष्टि जेठ २ गते स्वयम् मोदीले नै गरिदिएका छन् ।