किसानलाई तत्काल राहत प्याकेज प्रस्ताव

पछिल्ला वर्षमा सुक्खा, खडेरी, अनावृष्टि, अतिवृष्टिलगायतका घटनाका कारण प्राकृतिक विपत्ति बढ्दा धनजनको क्षति हुन थालेपछि तत्काल स्रोतको जोहो र परिचालन गर्न सरकारले विपत् व्यवस्थापन कोष स्थापना गर्ने भएको छ । अकस्मात् हुने विपत्तिबाट सिर्जित समस्याहरूको व्यवस्थापन गर्न स्थायी र दीर्घकालीन स्रोतको रूपमा कोषलाई प्रयोग गर्ने गरी कोषको व्यवस्था गर्न थालिएको हो । मनसुन बाहिरी सकेको अवस्थामा यो वर्ष अकस्मात् भारी वर्षा भएका कारण देशभर बाढीपहिरोले ठूलो धनजनको नोक्सानी गरेपछि बुधबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकले कोषमा पहिलो पटक रकम जम्मा गरी सञ्चालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार, प्राकृतिक घटनाबाट सिर्जित समस्या व्यवस्थापनका लागि चाहिने आवश्यक दीर्घकालीन स्रोत परिचालन गर्न कोषमा सरकारले रकम हाल्ने र दातृ निकाय, विभिन्न सङ्घ÷संस्थाबाट प्राप्त सहयोग, अनुदानलाई पनि राखिने छ ।

सम्बन्धित सामग्री

सूर्याेदयको बजेट: पशुरोगले पीडित किसानलाई राहत ‘प्याकेज’

पशुमा देखिएको ‘लम्पी स्किन डिजिज’ ले पीडित किसानलाई राहत प्याकेजसहितको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी र युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेको छ।

सूर्याेदयको बजेट: पशुरोगले पीडित किसानलाई राहत ‘प्याकेज’

पशुमा देखिएको ‘लम्पी स्किन डिजिज’ ले पीडित किसानलाई राहत प्याकेजसहितको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी र युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेको छ।...

किसानको सहभागितामा लगत सङ्कलन गरी राहत दिन माग

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले वर्षा, बाढी, पहिरो तथा डुबानबाट पीडित किसानको सहभागितामा तत्काल लगत सङ्कलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सरकारले बुधबार बाढी पहिरो पीडित किसानलाई राहत दिने निर्णय गरिसकेको सन्दर्भमा महासङ्घले घोषित राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न अनुरोध गरेको हो …

बाढीप्रभावितलाई राहत प्याकेज : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएका व्यक्तिहरूलाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । मङ्गलवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाहरूको अवस्थाको हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल,  १ नम्बर  बराहबाहिनी मुख्यालय पक्कली सुनसरीमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राहत ल्याउने कुरा बताउनुभएको हो । बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारणले सुदूर पश्चिम र एक नम्बर प्रदेशमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै आफू काठमाडौँ फर्किनासाथ क्षतिपूर्तिका लागि निर्णय गर्ने उहाँले बताउनुभयो ।   विपद् ढोल बजाएर नआउने तर अचानक आइदिएका कारण निकै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाहरूका लागि छिटै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले बताउनुभयो ।  वर्तमान सरकारले विपद्बाट प्रभावित भएकाहरूका लागि राहतको प्याकेज घोषणा गरिसकेको र बाँकी रहेको राहतको प्याकेज काठमाडौँ फर्किएपछि छिटै ल्याउने उहाँको भनाइ थियो । बाढीबाट अर्बौं रूपैयाँको क्षति भएको बताउँदै देउवाले यसलाई परिपूर्ति गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । उहाँले विकास निर्माणलगायतको कार्य पछि हुँदै गर्ने तर अहिले मानवको जीवन बचाउनु, उद्धार गर्नु, विस्थापित भएका व्यक्तिलाई स्थापित गर्नु, बसोबास नभएका व्यक्तिका लागि बसोबासको व्यवस्था गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । बाढीका कारण बिघौँ बिघा धान नष्ट भएको, कतिपय ठाउँमा कृषकले लगाएको धान खेतमै कुहिएकाले किसानलाई खानका लागि समेत समस्या हुने भएकाले कृषकका लागि छुट्टै राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीले देउवाले उल्लेख गर्नुभयो । बाढीबाट प्रभावित भएकालाई राहतको ठूलो प्याकेज ल्याउन नसकिए पनि देशको साधन, स्रोत र विदेशबाट मागेर भए पनि केही न केही राहत ल्याउने उहाँको भनाइ थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसाल, भवानीप्रसाद खापुङ, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सङ्घीय सांसद सीताराम मेहतालगायतको सहभागिता रहेको थियो ।

किसानलाई विशेष राहत दिन मुख्यमन्त्री राउतको माग

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीपीडित प्रदेश २ का किसानका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २ को धानबालीमा व्यापक क्षति भएको उल्लेख गर्दै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेका हुन्।पछिल्लो बाढीले देशैभरि ठूलो क्षति भएपछि संघीय सरकारले क्षति व्यवस्थापनका लागि प्राधिकरणको बैठक

बाढी पीडित किसानलाई राहत दिन माओवादी केन्द्रको माग

काठमाडौँ – माओवादी केन्द्रले बाढी पहिरोमा परेकाहरुको उद्धार, राहतका लागि कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ। अध्यक्ष प्रचण्डले बुधबार विज्ञप्ति जारी गर्दै तीन दिनदेखि आएको वर्षाका कारण क्षति व्यहोरेका किसानका लागि राहत प्याकेज ल्याउन आग्रह गरेका हुन्। विचल्लीमा परेका नागरिकहरुको खानपानको व्यवस्था मिलाउनसमेत माओवादी केन्द्रले सरकारलाई सुझाव दिएको छ। अध्यक्ष दाहालले भनेका छन्, ‘बाढी पहिरोमा […]

किसानलाई धानमा भएको क्षतिका आधारमा उचित राहत दिन्छौँः मुख्यमन्त्री केसी

दाङ– लुम्बिनी प्रदेश सरकारले लगातार परेको पानीका कारण पीडित भएका धान उत्पादक किसानलाई राहत प्याकेज घोषणा गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुई दिनदेखि परेको पानीका कारण धान भिजेर नष्ट भएको क्षतिको विवरण संकलनको काम जारी रहेको र त्यसपछि किसानलाई उचित राहत दिइने बताए। ‘क्षतिको विवरणहरु संकलन भैरहेको छ। क्षतीको आधारमा राहत प्याकेज […]

किसानलाई ५७ करोड राहत प्याकेज दिइने

प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारण क्षति बेहोरेका किसानका लागि ५७ करोड रुपियाँको राहत प्याकेज ल्याउने तयारी गरेको छ । अहिलेको प्रतिकूल परिस्थितिमा दुग्ध उत्पादक, अण्डा, चल्ला र कुखुरा उत्पादकलगायतका किसान बढी मर्कामा परेको हुँदा उनीहरूलाई लक्षित गरी उक्त रकम बराबरको राहत वितरणको प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

डुबानपीडित किसानलाई सवा अर्बको राहत प्याकेज - Karobar National Economic Daily

काठमाडौंः बाढी, पहिरो तथा डुबान पीडित कृषकको राहतका लागि कृषि विकास मन्त्रालयले एक अर्ब २५ करोड रकमको ‘किसान राहत प्याकेज’ घोषणा गरेको छ । सरकारको एकद्वार नीति अनुरूप सम्पूर्ण राहतका…