एकीकृत समाजवादीले सच्यायो मासिक २ सय युनिट विद्युत निःशुल्क दिने घोषणापत्र

नेकपा (एकीकृत समाजवादी)ले सार्वजनिक गरेको चुनावी घोषणापत्रको मासिक २ सय युनिट बिजुली निःशुल्क गर्ने भन्ने विषय सच्चाएको छ । सो पार्टीका उपमहासचिव डा. विजय पौडेलले प्रुफ मिस्टेकका कारण मासिक २ सय युनिट विद्युत निःशुल्क हुन पुगेको भन्दै मंगलबार सामाजिक सञ्जालमार्फत सच्याएका हुन् । पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘घोषणापत्र बारे–  प्रुफको गल्तीले ‘वार्षिक ३०० युनिट बिजुली निःशुल्क’ हुनु पर्नेमा ‘मासिक २०० युनिट’ भएछ ।’ उनले त्यसको प्रमाण स्थान