१६ अंक बढेर २६५०.७० विन्दुमा नेप्से, साढे २ अर्ब बराबरको शेयर खरीदविक्री

चैत ८, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १६ दशलमव शून्य ४ अंकले बढेको छ । यो दिन  नेप्से परिसूचक २ हजार ६५० दशमलव ७० विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३५ धितोपत्रको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर ३६ हजार ७७२ पटकमा रू. २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रमध्ये इमर्जिङ्ग नेपालको धितोपत्र मूल्यमा  सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यसैगरी दोस्रोमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ दशलमव ०९ प्रतिशत वृद्धि भएर रू. ६७७ दशलमव ३० पुगेको छ । त्यसैगरी मंगलवार .५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य २ दशलमव ८६ प्रतिशत घटेर रू. ८४५ दशलमव १० कायम भएको हो । त्यसैगरी दोस्रोमा कालिका पावर कम्पनीको शेयरमूल्य २ दशलमव ८१ प्रतिशत घटेर प्रतिकित्ता रू. ५१२ दशमलव २० कायम भएको छ ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्री प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको  भएको हो । कम्पनीको रू. १५ करोड ३३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. १० करोड ७१ लाख बराबरको शेयर खरीद विक्री भएको छ। कारोबारमा आएका १३ समूह मध्ये ब्यापार समूहको परिसूचक १ दशमलव ०४ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो । यो दिन बैंकिङ् समूहको शून्य दशमलव ४६ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशलमव ३६ प्रतिशत,विकास बैंक समूहको शून्य दशलमव ८८ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशलमव ३५ प्रतिशत,वित्त समूहको शून्य दशलमव ९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी निर्जीवन बीमा समूहको शून्य दशलमव ४३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ८१ प्रतिशत,अन्य समूहको शून्य ५ प्रतिशत,लघुवित्त समूहको शून्य दशलमव ४२ प्रतिशत,जीबन बीमा समूहको शून्य दशमलव ५९ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशलमव ८७ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशलमव ८ प्रतिशतका दरले वृद्धि भएको छ। बजारले २ हजार ६०० को मनोबैज्ञानिक विन्दु परीक्षण गरेसँगै उकालो यात्रा शुरु गरेको छ । सोमवार पनि बजार १८ अंकले बढेको थियो । बिस्तारै अव बैकिङ्ग  प्रणालीमा तरलता सहज हुने अनुमान लगानीकर्ताहरुले गरेका छन् । निरन्तर घटेको बजार यो दिनको कारोबार  पछि विस्तारै माथि लाग्ने प्रयास गरेकाले सकारात्मक संकेत दिएको लगानीकताहरु बताउँछन् ।