मतदान स्थल पुग्दै कर्मचारी र सुरक्षाकर्मी : कतै बाक्लो हिउँले समस्या

काठमाण्डाै - पर्सि आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुग्न थालेका छन् । निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको जनाएको छ। कतिपय कर्मचारी र सुरक्षाकर्मी यसअघि नै चुनाव सामग्रीसहित मतदान स्थलमा पुगिसकेका छन् । मुख्य  निर्वाचन  कार्यालय  र निर्वाचन कार्यालयबाट मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारी आवश्यक सामग्री बुझेर कार्यस्थलमा खटिन थालेका निर्वाचन आयोगले जनाएको छ । उनीहरुले बुझेको  सामग्री  प्रहरीको  सुरक्षा...