प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका भए पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका कारण असफल भएको छ । उक्त प्रस्ताव टेबल नै नभई मंगलबार प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो ।सभामुख प्रदिपकुमार भण्डारीले मंसिर १ गते बुधबार बस्ने गरी मंगलबार प्रदेशसभा बैठक स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बन्दको कारण आफ्ना सांसद आउन नसकेको भन्दै बैठक स्थगित गर्न मंगलबार बसेको कार्य व्य