बहसमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व’ : राजनीतिक स्थायित्व दिन सक्ने छैन कुनै आधार

काठमाडौँ : नेपालमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व’को शासकीय प्रणालीबारे बहस बारम्बार चर्चामा आउने र चर्चामा आएजसरी नै सेलाउने गरेको छ। गएको करिब १४ महिनामै तीन पटक सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्वको बहस सतहमा आएको छ।‘प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व’का पक्षधरहरूले यसरी पटक–पटक सत्ता गठबन्धन परिवर्तन भई अस्थिरता देखिनुलाई वर्तमान संसदीय प्रणाली नै कारण रहेको तर्क गरिरहेका छन् तर संसदीय प्रणालीमा