मुख्य व्यापारिक केरुङ नाका बन्द

काठमाडौं, माघ ९ । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ । शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ । कोभिडका कारण तीन वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन । गत १२ पुसदेखि नाका खुला भएको […]

सम्बन्धित सामग्री

अझै रोकिएन सुन तस्करी

२०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो।तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले।...

काठमाडौंबाट केरुङ हुँदै हुम्लाको सिमकोटमा खाद्यान्न ल्याइँदै

३ भदौ, सिमकोट, (हुम्ला) । नेपालको सङ्घीय राजधानी काठमाडौंबाट केरुङ नाका हुँदै हुम्लाको सदरमुकाम सिमकोटमा खाद्यान्न ल्याइने भएको छ । गाडी र पैदल मार्ग भएर चार हजार क्वीन्टल खाद्यान्न ल्याइने भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाएको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । उनका […]

तीन वर्षपछि केरुङ नाका खुला : चर्चा धेरै, निर्यात न्यून

काठमाडौं, पुस २३ । तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै नाका बन्द गरेको थियो । यसबीचमा आक्कलझुक्कल चीनबाट हुने आयात खुला भए पनि निर्यात भने तीन वर्ष पूर्ण रूपमै बन्द रह्यो ।यो बीचमा […]

३३ महिनापछि दुईतर्फी खुल्यो रसुवागढी–केरुङ नाका, ६ ट्रक वस्तु नेपालबाट चीन गयो

कोरोना महामारीका कारण ३३महिनादेखि एकतर्फी मात्र खुलेको रसुवागढी–केरुङ नाका आजबाट दुईतर्फी खुलेको छ। कोरोनालाई देखाउँदै चीनले २०७६फागुनदेखि नाकाबाट एकतर्फी वस्तु नेपाल पठाउँदै आएको थियो। नेपालबाट चीन जाने वस्तुलाई प्रवेश दिइएको थिएन। सरकारले बारम्बार नाका दुईतर्फी खोल्न आग्रह गरेपछि आजबाट नाका दुईतर्फी खुला भएको हो। आज रसुवागढी–केरुङ नाकाबाट ६ट्रक वस्तु नेपालबाट चीन प्रवेश गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।

रसुवागढी–केरुङ नाका तीन वर्षपछि आज खुल्दै

काठमाडौं : कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला हुने भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार चिनियाँ पक्षबाट व्यापारिक नाका खुला हुने सन्देश प्राप्त भएको छ।सन्देशमा कोरोना महामारीको संक्रमणका कारण बन्द गर्नु परेको र संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ। चीनब

दुई सातादेखि बन्द केरुङ नाका खोल्न आग्रह

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको भन्दै कूटनीति संवादबाट समाधान गर्न व्यापारीले आग्रह गर्दै आएका छन्। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमा नाका बन्द गरेर असहयोग गर्दै आएको छ।...

हप्ता दिनभित्र केरुङ नाका सञ्चालनमा आउने

काठमाण्डाै - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो । आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । केरुङ नाका नखुल्दा आयात-निर्यात ठप्प भएको छ । रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्‍याउन ...

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो।

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनः सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले आफूले सीमानाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरूप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको हो दावी गरेको छ । ‘सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनेका छन् । केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ । कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटा मात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजीरोटीको चिन्ता बढेको थियो । केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो ।

बन्द केरुङ नाका सोमबारदेखि खुल्दै

काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो ।