बोरा उद्योगको उत्पादन ८० प्रतिशत मात्र

काठमाडौं, भदौ २। कोरोना महामारीका कारण कच्चा पदार्थको अभावका भएसँगै उत्पादन घटेको बोरा उद्योगको उत्पादन हालसम्म पनि करीब ८० प्रतिशत मात्र रहेको उद्योगीहरूले बताएका छन् । अहिले कच्चा पदार्थको अभाव नरहे पनि दक्ष कामदारको अभाव र बजारमा खपत घट्नुजस्ता कारणले उद्योगहरूले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेका हुन् । नेपालमा प्लाष्टिक, जुट र कपडाका बोरा तथा […]

सम्बन्धित सामग्री

नेपालमा उत्पादन भएका औषधी कति गुणस्तरीय ?

काठमाडौं – नेपालमा औषधी उत्पादन थालिएको ५० वर्षभन्दा बढी भएको छ। केमी ड्रग प्रालिले २०२६ सालबाट नेपालमा निजी क्षेत्रबाट औषधी उत्पादन सुरु गरेको थियो। जसमा २५ अर्बभन्दा बढीको लगानी छ। औषधी नीति २०५१ ले १० वर्षभित्रमा ८० प्रतिशत औषधी स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको थियो। तर कोरोन संक्रमण र यसले उत्पन्न गरेको परिस्थितिले हाम्रो औषधी […]

रङमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

नेपाल सरकारले जारी गरेको पेन्ट्समा ९० पिपिएमको मापदण्ड पालना गरेको करिब ८० प्रतिशत उद्योगमा सुधार आएको भए पनि अझ २० प्रतिशत उद्योगले मानव जीवनका लागि जोखिमपूर्ण सामग्री उत्पादन गरिरहेको पाइएको हो।...

रङमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

नेपाल सरकारले जारी गरेको पेन्ट्समा ९० पिपिएमको मापदण्ड पालना गरेको करिब ८० प्रतिशत उद्योगमा सुधार आएको भए पनि अझ २० प्रतिशत उद्योगले मानव जीवनका लागि जोखिमपूर्ण सामग्री उत्पादन गरिरहेको पाइएको हो।...

उद्योग मन्त्रालयले उत्पादन क्षेत्रको नेतृत्व गर्न सकेनः गगन थापा

‘सरकारले आर्थिक ऐनमा नेपाली उत्पादन १० देखि १५ प्रतिशत शुल्क तिरेर किन्न सकिने कानून बनायौं। अब अहिले जुन वस्तु नेपालमा सहज रुपमा उपलब्ध छ। त्यसलाई सरकारी अड्डाहरुले आफूले किन्ने वस्तुको कम्तिमा पनि ७० देखि ८० प्रतिशत नेपाली वस्तु किन्नुपर्छ। नेपाली उत्पा...

नेपालकाे विद्युत् उत्पादन क्षमता २,२६९ मेगावाट

१२ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो उपलब्धि सार्वजनिक गरेकी छन् । मन्त्री भुसालले आफ्नो उपलब्धि सार्वजनिक गर्दै गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत हासिल गरेको बताइन् । गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत् उत्पादन क्षमता २२६९ मेगावाट […]

जगदुल्ला जलविद्युतको टेष्ट अडिट टनेलको ८० प्रतिशत प्रगति

जाजरकोट– स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको ट्रस्ट अडिट टनेलको काम पुस मसान्तसम्ममा सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजनाको विद्युत उत्पादन गृहमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको योजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए । कुल ४०० मिटर […]

पोखरामा ८० प्रतिशत स्थानीय फूलको बजार

पोखरामा यस वर्ष करिब दुई करोड ५० लाख मूल्य बराबरको फूलको कारोबार हुने भएको छ । तिहारको अवसरमा पोखरा क्षेत्रमा करिब २ करोड ५० लाख भन्दा बढीको कारोबार हुने भएको फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।यस वर्ष पोखरामा स्थानीयले उत्पादन गरेको फूलको मालालाई एक सयदेखि एक सय ५० रुपैयाँमा […]

निषेधाज्ञाको प्रभावले माछा व्यवसायमा ८० प्रतिशत ह्रास

चितवन । कोभिड नियन्त्रणका लागि करीब डेढ महीनादेखि लागू गरिएको निषेधाज्ञाको प्रभावले चितवनको माछा व्यवसायमा ठूलो ह्रास आएको छ । नेपाल मत्स्य व्यवसायी महासंघका अनुसार माछा व्यवसाय चितवनसहित देशभर समग्रमा ८० प्रतिशत घटेको छ । निषेधाज्ञापछि  होटल, रेष्टुराँ, विवाह, पार्टीजस्ता गतिविधि ठप्प हुँदा यसको असर माछा व्यवसायमा पनि परेको हो । ‘निषेधाज्ञापछि माछा विक्रीमा झण्डै ८० प्रतिशत कमी आएको छ,’ महासंघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भने । स्थानीय प्रशासनले माछा खरीदविक्रीमा छोटो समय लागू गरेको र बिहानको समयमा खुला गरिएकाले माग अनुसार विक्री गर्न नसकिएको अधिकारीको भनाइ छ । उनका अनुसार दिउँसोको समयमा पोखरीबाट निकालेर बेलुका पसलमा विक्री गर्दा कारोबार प्रभावकारी र व्यावहारिक हुनेछ । नेपाल मत्स्य व्यवसायी संघ, चितवनका उपाध्यक्ष लुलाराज तामाङ निषेधाज्ञाको शुरुआती समयमा अन्योलको अवस्था रहे पनि पछिल्लो समय ढुवानी र माछाको दानाका लागि भने सहज भएको बताउँछन् । ‘माछा उत्पादन पनि राम्रै छ, माग पनि छ तर उपभोक्तासम्म पु¥याउन सकिएको छैन,’ तामाङले भने, ‘पसल नै खुल्न नपाएपछि विक्री कसरी हुन्छ र ?’ यसैबीच, उत्पादन बढ्दै गएपछि पोखरीमा अक्सिजनको अभाव हुँदा माछा मर्न थालेका छन् । तयार भएका माछा किसानले पोखरीबाट निकाल्न नपाउँदा अक्सिजनको अभाव भएको हो । रत्ननगर नगरपालिका–९ का किसान भरत महतो विक्रीका लागि तयारी माछा निकाल्न नपाउँदा र माछाको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भई माछा मर्न थालेको बताउँछन् । ‘माछाको उत्पादन, आकार र वजन पनि बढेको छ, अर्डर नआई निकाल्न मिल्दैन,’ उनले भने, ‘पोखरी साँघुरो भएर माछा मर्न थाले ।’ उनका अनुसार माछामा हाल कुनै रोग तथा दानाको अभाव नभए पनि प्रायः बिहानको समयमा अक्सिजन कम भएर माछा मर्न थालेका हुन् । भरतपुर महानगरपालिका–२६ का किसान खगेन्द्र सुवेदी निषेधाज्ञाअघि नै तयार भएका माछा हालसम्म पनि विक्री नभएपछि अक्सिजनको अभाव भएको बताउँछन् । ‘एउटै पोखरीमा ठूला र साना माछा खचाखच छन्,’ उनले भने, ‘जसले गर्दा पोखरीमा अक्सिजनको मात्रा पर्याप्त हुँदैन ।’ संघका अध्यक्ष समेत रहेका सुवेदीले पानीको तह बढ्दा माछा निकाल्न नसकिने र घट्दा अक्सिजनको अभावले माछा मर्न थालेको बताए । ‘अहिले विक्री भन्दा पनि माछा कसरी बचाउने भन्ने मुख्य चुनौती छ,’ उनले भने, निषेधाज्ञा खुकुलो भयो भने नोक्सान कम होला ।’ संघका अनुसार चितवनमा २ हजार ३८६ वटा माछापोखरी छन्, जहाँ ८५४ हेक्टरमा माछापालन हुँदै आएको छ । जिल्लामा १ हजार ३०० माछापालक किसान छन् । महासंघका अनुसार देशभर २० हजारभन्दा बढी माछापालक किसान छन् । वार्षिक १० अर्बको हाराहारीमा माछाको कारोबार हुँदै आएको छ भने देशको कुल मागको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले धानेको छ । मागको २० प्रतिशत भने भारत लगायत अन्य देशबाट आउने गरेको महासंघले बताएको छ ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द

विराटनगर-कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरण र रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण वितरण प्रणाली ठप्प हुँदा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द भएका छन् ।चामल, दाल, तेल, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक केही वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन भए पनि रड, सिमेन्ट, चाउचाउ, बिस्कुट, जुस, जुट, धागो, फलामे डन्डी, जस्तापातालगायतका उद्योगहरू बन्द भएका छन् । वितरण प्रणाली […]