पराजित भएपछि कमल थापाले भने - धन्यवाद ज्ञानेन्द्र शाह, राजाको भलो होस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका

सम्बन्धित सामग्री

कमल थापाले किन गरे पूर्वराजा ज्ञानेन्द्र शाहको प्रशंशा ?

काठमाडौं, २७ पौष । पृथ्वीनारायण शाहको ३०० औ जन्मजयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहबाट सकारात्मक धारणा व्यक्त गरेका छन् । यसअघि पूर्वराजा शाहको कडा आलोचना गर्दै बोलिरहेका थापाले आज भने सकारात्मक धारणा सार्वजनिक गरेका छन् । उनले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापणमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित हुनुलाई सुनमा सुगन्ध […]

ज्ञानेन्द्र र हिमानी शाहले ट्विटर चलाउँछन् ?

राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको आरोप लगाउँदै अध्यक्ष हारेलगत्तै कमल थापाले ट्विट गरे । जसमा ज्ञानेन्द्र शाह नामको ट्विटर ह्याण्डल मेन्सन गरिएको थियो

पूर्वराजासँग वद्ला लिने कमल थापाको तयारी, वन्दैछ निर्मल निवास निकटको सूची

अध्यक्षमा चुनाव हारेको रनाहामा रहेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पूर्वराजासँग वद्ला लिने तयारी थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वको लागि भएको एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीकै कारण ...

कमल थापा र पूर्वराजा ज्ञानेन्द्रको त्यो गोप्य भेट !

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले यतिबेला आफूविरुद्ध ‘निर्मलनिवासले खेलेको’ गुनासो गरिरहेका छन् । राप्रपाको महाधिवेशन शुरु हुनुअघि नै रातोपाटीलाई लिएको अन्तरवार्तामा उनले ‘निर्मल निवासले नखेलोस्’ भनेर सचेत गराइसकेका थिए । महाधिवेशनपछि प्रश्न उठेको छ, आखिर राप्रपामा निर्मल निवासले खेलेकै हो त ?राप्रपामा निर्मल निवासले खेलेको विषयमा चर्चा गर्नुअघि राप्रपाको महाधिवेशन शुरु नहुँदै पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा नेता कमल थापाबीच भएको भेटवार्ताको

पूर्वराजामाथि कमल थापाको ‘चार्ज’ : निर्मल निवासले पनि खोल्यो फायर

पार्टीको एकता महाधिवेशनमा आफूभन्दा जुनियर नेता राजेन्द्र लिङ्देनसँग हार बेहोर्न बाध्य भएपछि राप्रपा अध्यक्ष कमल थापाले लगातार पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासमाथि ‘चार्ज’ गरेका छन् ।निर्मल निवासले भने हारको पीडामा थापाले अनावश्यक आरोप लगाएर आफैंलाई नङ्ग्याएको प्रतिक्रिया दिएको छ ।कमल थापाको आरोपप्रति चर्चा गर्र्दै पूर्वराजाका संवाद  सचिव फणि पाठकले  पूर्वराजाको चिन्ता र चासो देश र जनताप्रति बाहेक अरु कसैमा नरहेको बताए । पूर्व राजाको चासो कुनै पार्टी र नेतृत्वप्रति न

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गएकाे आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना सङ्क्रमण देखिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न न...