करिब ५५ अर्ब रुपैयाँ बराबरको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाको बहुमतबाट पारित गर्ने कि नगर्ने भन्ने विषय पेचिलो बनेको छ । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गर्ने र बहुमतबाट पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । तर, आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसबाहेक गठबन्धनका सहयात्री दलहरू यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिए ।एमसीसी सम्झौतामा आजभन्दा ४ वर्षअघि नेपाली काँग्रेस र माओवादीको संयुक