१० बुँदे भनेर ओलीसँग गएका नेताको हरिबिजोग भयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले १० बुँदे सहमति कार्यान्वयन गर्ने भन्दै एमालेमै रहेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका छन् ।  एकीकृत समाजवादीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको चावहिलमा आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेमै रहेका नेताको ओलीकै कारण हरिविजोग भएको बताएका हुन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गर्‍यो भने मात्रै स्याबासी पाउने नभए हरिविजोग हुने अवस्था रहेको नेपालले बताए ।  ‘ओलीको...

सम्बन्धित सामग्री

१० बुँदे भन्ने साथीहरुको एमालेमा हरिबिजोग छ : माधव नेपाल

६ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए । ‘…आदेशको पालना गर्‍यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने […]

एमालेले १० बुँदे सहमित कार्यान्वयनमा लैजाने, माधव नेपाल के गर्लान ?

नेकपा (एमाले) ले पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कार्यदलमा सहभागी रहेका एकता पक्षधर नेताबीच आइतबार बालकोटमा भएको छलफलमा कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको हो । सहमति कार्यान्वयनका लागि भोलि मङ्गलबार पार्टीको स्थायी …

१० बुँदे कार्यान्वयन गर्न ओली र माधव नेपाल छोडेका नेताबिच सहमति

काठमाडौं : नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको वार्तामा सहमति भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरुले ओलीसँग सोमवार बालकोटमा वार्ता गरेका थिए। १० बुँदे कार्यान्वन गर्ने सहमति भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। '१० बुँदे स्वीकार पहिला नै भइसकेको…

माधव नेपाललाई ‘छाडेका’ नेताहरुको ओलीलाई अपील : १० बुँदे अक्षरश: कार्यान्वयन गर

३ भदौ, काठमाडौं । माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् । माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुबीच बिहीबार भएको छलफलमा नेताहरुले सहमतिको अक्षरश: कार्यान्वयनमा जोड दिएका हुन् । २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने […]

नेपाल पक्षले बल्ल लियो १० बुँदे सहमतिको स्वामित्व

काठमाडौँ – एमालेको माधव नेपाल पक्षले असार २७ गते राति भएको १० बुँदे सहमतिको औपचारिक रुपमा स्वामित्व लिएको छ। पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका पाँच/पाँच जना सदस्यले गरेको १० बुँदे सहमतिलाई नेपाल पक्षको केन्द्रीय समितिले स्वामित्व लिँदै त्यसकै आधारमा पार्टी एकताका थप वार्ता र छलफल गर्ने निर्णय गरेको […]

माधव समूहको बैठकमा रावलले गरे १० बुँदे सहमतिको ब्याख्या

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा विघटित कार्यदलका संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका छन्। नेता नेपालको सम्बोधनलगत्तै उनले हरेक बुँदाका विषयमा बैठकलाई जानकारी गराएको नेता रघुजी पन्तले जानकारी दिए। रावल १० बुँदे सहमतिकै जगमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्ने पक्षमा छन्। नेपाल पक्षका नेताहरुले १० बुँदे सहमतिप्रति तिब्र असन्तुष्टि व्यक्त गरेकाले रावलले सहमति कसरी भएको र हरेक बुँदाले बोकेको भाव अर्थ्याएका हुन्। नेता पन्तका

माधव नेपाल पक्षका नेताहरूले भने– आजको बैठक पार्टी विभाजनका लागि होइन

नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टी विभाजनको निर्णय गर्नका लागि नभएको बताएका छन् । माधव नेपाल पक्षका सचिव भीम आचार्यले १० बुँदे सहमतिको आधारमा पार्टी एकता गरिने बताए ।  ‘नेताहरूका व्यक्तिगत विमति होलान्, तर १० बुँदे सहमतिलाई आधार मानेर छलफल गर्नुपर्छ,’ केन्द्रीय कमिटीको बैठकमा प्रवेश गर्नुअघि लोकान्तरसँग कुरा गर्दै आचार्यले भने, ‘हाम्रा शत्रुहरू एमाले विभाजनको पक्षमा छन् । उनीहरूको विपक्षमा उभिनु पर्छ । पार्टी विभाजन गर्न दिनु हुन्न ।&rsquo...

कार्यदलको १० बुँदे प्रस्ताव परिष्कृत गर्नुपर्छः युवराज ज्ञवाली

नेकपा एमालेको माधव समूहका नेता युवराज ज्ञवालीले यसअघि एमाले कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव परिष्कृत गरेरमात्रै पार्टी एकता हुने बताएका छन् ।उनले माधव नेपाल समुह हरसम्भव उपायबाट एमाले एकताको पक्षमा उभिने पनि प्रस्ट पारेका छन् ।‘यसअघि कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई थप अपडेट र परिष्कृत गरेर सहमति खोज्नुपर्छ । त्यसो गरियो भने एमाले एकता सम्भव छ’, ज्ञवालीले रातोपाटीसँग भने, ‘एमालेलाई दक्षिणपन्थी भासबाट जोगाउन पनि पार्टी एकता जरुरी देखियो त्यसका लागि १० बुँदेलाई

‘१० बुँदे सहमति प्रतिगमनको दस्ताबेज भन्दै अस्वीकार गर्न आग्रह’

नेकपा एमालेको माधव नेपाल पक्षका नेता विजय पौडेलले १० बुँदे सहमतिलाई प्रतिगमनको दस्ताबेज भएको टिप्पणी गरेका छन् । उनले आइतबार राति गरेको ट्वीटमा १० बुँदे प्रतिगमनको दस्ताबेज भएकाले स्वीकार गर्न नहुने जिकिर गरेका हुन् । उनले १० बुँदे अस्वीकार गर्न आग्रह गर्दै भनेका छन्, ‘प्रतिगमनको दस्ताबेज, प्रतिगमनको स्वागत नगर्नुस् ।’ उसो त नेता माधव नेपालले पनि सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।