‘मेरो देश, मेरै उत्पादन’अभियान दोस्रो चरणमा

विराटनगर । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी आत्मनिर्भर र समुन्नत राष्ट्र निर्माणमा सघाउने उद्देश्यले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको दोस्रो चरण प्रारम्भ भएको छ । दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई प्रदान गरेर यसको शुरआत गरिएको हो । दुवै संगठनले बुधवार नै प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई समेत लोगो हस्तान्तरण गरेका छन् । फ्रेम गरिएको लोगोमा ‘मेरो पहिलो रोजाइ स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफ्ना छिमेकी, साथीभाइ, इष्टमित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु र उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधैं लागिपर्नेछु’ भन्ने चारबुँदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले यो अभियानको थालनी गरेका हुन् । राष्ट्रव्यापी रूपमा गत चैत १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘मेरो देश, मेरै उत्पादन’ प्रारम्भ गरिएको अभियानलाई जनस्तरसम्म पुर्‍याउन अहिले दोस्रो चरणमा प्रारम्भ गरिएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्दै उनले यस अभियानलाई सार्थक बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरूको संरक्षण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरीद ऐनमा समेत स्वदेशी वस्तु खरीदलाई प्राथमिकता दिई सोही अनुरूपको व्यवस्था गर्न आग्रह गरे । व्यापार घाटा न्यूनीकरण गरी सन्तुलनमा ल्याउनका साथै समुन्नत राष्ट्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको सो अभियानलाई प्रदेश सरकारले आफ्नै अभियानको रूपमा लिनुपर्ने धारणा उनले राखे । मुख्यमन्त्री राईले संगठन र संघले शुरू गरेको उक्त अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास राख्दै अभियानको कार्यान्वयनमा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री मगरले कृषिको सबलीकरणका साथै कृषि र उद्योग क्षेत्रको सन्तुलित विकासले समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने भन्दै सो अभियानलाई अत्यन्त सकारात्मक रूपमा लिएको बताए । यस्तै सामाजिक विकास मन्त्री उषाकला राईले स्वदेशी उद्योगहरूको प्रोत्साहन एवं स्वदेशी वस्तुको प्रयोगमा यस अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने विचार व्यक्त गरिन् ।

सम्बन्धित सामग्री

धीर र राजकुमार दोस्रो चरणमा

धीर पुन र राजकुमार श्रेष्ठ पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन्।...

नीरज तेस्रो चरणमा

हेटौंडाका नीरज श्रेष्ठ शुक्रबार दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन्।...

एफए कप फुटबल : चेल्सी पाँचौं चरणमा

चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार भएको चौंथो चरणमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी अर्को चरणमा पुगेको हो । वेस्ट ह्याम युनाईटेड पनि पाँचौं चरणमा प्रवेश गरेको छ । वेस्ट ह्यामले किडरमिनिस्टर हरियर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर पाँचौं चरणमा स्थान बनाएको हो ।

निधिको उद्घोष– पहिलो चरणमा नतिजा आउन्न, दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी

नेपाली कांग्रेसको भावी सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिका लागि दोस्रो चरणमा हुने निर्वाचनमा शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी हुने उद्घोष गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतवार पत्रकारहरूसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा नतिजा नआउने र दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला, प्रकाशमान सिंह र आफू मिलेर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका हुन् ।  कांग्रेस विधानमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने व्यव...

पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं : निधि

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् । कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल […]

दोस्रो चरणमा २८ खेलाडी

काठमाडौं । एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा २८ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गर्दा युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी […] The post दोस्रो चरणमा २८ खेलाडी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फेडेरर विम्बल्डनको तेस्रो चरणमा

स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । लण्डनमा बिहीबार राति फ्रान्सका रिचार्ड गास्क्वेटलाई पराजित गर्दै फेडेरर तेस्रो चरणमा पुगेका हुन् । छैटौं वरीयताका फेडेररले गास्क्वेटमाथि ७-६(७-१), ६-१ र ६-४ को सेटमा जित निकाले । आठ पटकको च्याम्पियन फेडेररले पहिलो चरणमा फ्रान्सकै एड्रिन मन्नारिनोबाट वाकओभर पाएका थिए । अब ३९ वर्षीय फेडेररले इंग्ल्यान्डका क्यामरुन नोरीसँग खेल्ने छन् । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१७ मा उपाधि जितेका थिए । पुरुषतर्फनै रुसका डेनील मेद...

जोकोभिच र फेडेरर तेस्रो चरणमा

सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । पेरिसमा बिहीवार राति भएको खेलमा उरुग्वेका पाब्लो क्युभासलाई हराएर जोकोभिच तेस्रो चरणमा पुगेका हुन् । विश्व नम्बर एक समेत रहेका जोकोभिचले क्युभासलाई ६-३,६-२ र ६-४ ले पराजित गरे । पुरुषतर्फ नै स्विस खेलाडी रोजर फेडेररले तेस्रो चरणमा स्थान बनाएका छन् । पूर्व विश्व नम्बर एक फेडेररले मारिन सिलीचलाई पराजित गरे । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले मारिनमाथि ६-२,२-६,७-६(७-४) र ६-२ को सेटमा जित निकाले ।

रिङरोडबाहिरका जनतालाई दोस्रो चरणमा मेलम्ची

काठमाडौं : सरकारले दोस्रो चरणमा मेलम्चीको खानेपानी रिङरोड बाहिरका स्थानीयलाई वितरण गर्ने भएको छ। शुक्रबार मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन  कार्यक्रममा भिडियो रेकर्डमार्फत खानेपानी मन्त्री मणिचन्द्र थापाले दोस्रो चरणमा रिङरोडबाहिर पानी वितरण गर्ने बताएका हुन्। उनी अस्वस्थ्य भएका कारण कार्यक्रममा उपस्थिति भने भएका थिएन। उनले भिडियो रेकर्डमा भने,‘मेलम्ची पानी आएपछि एउटा कोशेढुंगा साबित भएको छ,प्रथप चरणमा रिङरोडभित्र मात्रै पानी वितरण गरिएको छ,दोस्रो चरणमा रिङरो

पहिलाे चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय

काठमाण्डाै - सरकारले पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ  ।हिजो बसेको मन्त्रिपरिषद्काे बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।उहाँका अनुसार वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २, गण्डकीका ४० जिल्लामा चुनाव हुनेछ भने दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ । गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्...