हुलाकी सडक निर्माणमा ढिलासुस्ती

मोरङका सांसद र स्थानीय तहका प्रमुखहरूले गरे सडक संघर्षको घोषणा हुलाकी सडक निर्माणमा हदैसम्म ढिलासुस्ती भएको भन्दै मोरङको दक्षिणी क्षेत्रका संघ र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुखहरूले सडक संघर्ष घोषणा...

सम्बन्धित सामग्री

हुलाकी सडक निर्माणमा ढिलासुस्ती

कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ। निर्माण कार्य सुरु भएको छ वर्ष बिते पनि भौतिक प्रगति सन्तोषजनक देखिएको छैन। पाँचौँ पटक थप गरिएको म्याद अब सकिन तीन महिना बाँकी हुँदा पनि निर्माण कार्यले अझै गति लिन सकेको छैन। कामको गति हेर्दा पाँचौँ पटक थप गरिएको समयमा पनि कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुने अवस्था देखिँदैन। हुलाकी राजमार्ग आयोजना कार्यालय, धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले राजमार्ग निर्माण कार्यमा ठेकेदारले लापरबाही गरिरहेको बताउनुभयो।