लन्डनमा भूतपूर्व गोर्खा मुद्दामा त्रिपक्षीय वार्ता निष्कर्षविहीन

भूपू गोर्खाहरुका माग सम्बोधन गर्न बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीचको बहुप्रतिक्षित वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।  लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार दिउँसो भएको वार्तामा गोर्खाहरूको प्रमुख माग समान पेन्सन एजेन्डामा कुनै सहमति बन्न सकेन ।