नेपाल–भारत पाइपलाइन उद्घाटन

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको औपचारिक रूपमा उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आ–आफ्नो कार्यालयबाटस्वीच थिचेर पाइपलाइनको उद्घाटनगरेका हुन् । उद्घाटन भएसँगै पाइपलाइनबाट नियमित रूपमा इन्धन भित्रिन सुरु भएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पाइपलाइन हो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज निर्माण भएको पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै पेट्रोलियम पदार्थ आयात औपचारिक रूपमा सुरु भएको छ । पाइपलाइनबाट पहिलो दिन २ हजार किलोलिटर डिजेल भित्रिएको छ ।