दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि रहेका छन् । उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेका छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन् । उनीहरुबीच सातहजार २३९ को मतान्तर