चाँगुनारायण नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा

न्युज अफ नेपाल, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अहिले एकसाथ छापा मारेको छ । आयोगको टोलीले पाँच लाख भन्दा माथिको खरिद तथा भुक्तानीसंग सम्बन्धित सम्पुर्ण कागजात नियन्त्रणमा लिएको छ । खरिद र भुक्तानीमा अनियमितता गरेको आरोपमा दुवै पालिकाविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।  […]