बन्दीपुरमा चिनियाँ पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका हुन् । बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन भएपछि होटल व्यवसायी उत्साहित भएका छन् । होटल हिमालय दरबारका सञ्चालक वैश गुरुङले कोरोनापछि पहिलो पटक चिनियाँ […]

सम्बन्धित सामग्री

स्थल र हवाई नाका सबै खुले, बढेनन् चिनियाँ पर्यटक

सी एन्ड के नेपाल ट्राभल्सका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठका अनुसार सरकारले २०२३–३३ लाई पर्यटक दशक घोषणा गरे पनि यसबीच के कार्यक्रम गर्ने, कहाँ गर्ने, पर्यटक कसरी भित्र्याउने जस्ता कुनै पनि तयारी सरकारले गरेको छैन ।

ठमेलमा मृत भेटिए चिनियाँ पर्यटक

काठमाडौंको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन्।

खासाबाट चिनियाँ पर्यटक धमाधम नेपाल आउँदै

चीनकाे स्वशासित क्षेत्र तिब्बतको जाङ्मुपोर्ट ( खासा) भएर तातोपानीबाट चिनियाँ पर्यटक धमाधम नेपाल प्रवेश गर्न थालेका छन्। दैनिक ५० पर्यटक नेपाल आएको अध्यागमन कार्यालय कोदारीले जनाएको छ।  चीनको विभिन्न सहर र...

बढ्न थाले चिनियाँ पर्यटक

कोभिड महामारीले घटेका चिनियाँ पर्यटक बढ्न थालेका छन् । चीन सरकारले १५ मार्च २०२३ देखि आफ्ना नागरिकका लागि निर्बाध घुम्न पाउने गन्तव्य राष्ट्रमा सूचीकृत गरेसँगै चिनियाँ बढ्न थालेका हुन् ।सन् २०२३ को...

चिनियाँ पर्यटक वृद्धि कायमै रहला ?

सन् २०१९ को डिसेम्बर अन्तिममा विश्वभरि महामारीको रूपमा पैmलिएको कोभिड–१९ पछि विश्वका अधिकांश देशले आफ्नो देश भ्रमणमा विदेशीहरूलाई रोक लगाएका थिए । फलस्वरूप लगभग एक वर्ष विश्व पर्यटन बजारमा सन्नाटा छायो । त्यसको परिणामस्वरूप सन् २०१९ को तुलनामा सन् २०२० मा ७५ देखि ८० प्रतिशतले पर्यटक आगमन दर घट्यो । चिनियाँ पर्यटक त सन् २०२० […]

बढ्न थाले चिनियाँ पर्यटक

कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो । सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार महिनाको जुलाई महिनामा पाँच …

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी, ४ वैशाख । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताए । पर्यटकलाई घोडेपानीमा होटल […]

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा, पर्यटनमन्त्रीले गरे स्वागत

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् ।

रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

काठमाडौँ, २० चैत । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरु काठमाडौँका […]

बढ्न सक्छन् चिनियाँ पर्यटक

काठमाडौं । चीनले केही दिनअघि आफ्ना नागरिकले घुम्न पाउने देशहरूको सूची सार्वजनिक गर्‍यो । चैत १ देखि कार्यान्वयन हुने उक्त सूचीमा नेपाल पनि परेको छ । बुधवारदेखि त्यहाँका नागरिक निर्बाध रूपमा नेपाल भ्रमणमा आउन सक्छन् । कोरोना महामारीका कारण आवागमनमा कडाइ गरेको चीनले सन् २०२३ को शुरुआतसँगै आफ्ना नीतिहरू खुकुलो बनाउँदै घुम्न जाने देशको सूचीमा नेपाललाई समेत राखेको हो । चिनियाँ नागरिक सहज रूपमा घुम्न निस्किने वातावरण बनेसँगै सुस्ताएको चिनियाँ पर्यटक आमगन बढ्ने अपेक्षा गरिएको छ । नेपालमा सबैभन्दा धेरै पर्यटक आउने देशमा भारतपछि चीन पर्छ । सन् २०१९ को अन्तिमतिर चीनमा देखिएको कोरोना भाइरसका कारण त्यहाँबाट नेपाल आउने पर्यटक संख्या उल्लेख्य घटेको छ । सामान्य वर्षमा नेपालमा डेढ लाखभन्दा बढी चिनियाँ आउने गरेको सरकारी तथ्यांकहरूले देखाउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल पर्यटन तथ्यांक २०२१ अनुसार नेपालमा सन् २०१९ मा १ लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक आएका थिए । यो क्रम २०२० लागेसँगै घटेको छ । पछिल्ला २ महीनामा भने चीनबाट आउने पर्यटक संख्यामा सकारात्मक सुधार देखिएको छ । सन् २०२२ मा करीब ९ हजार चिनियाँ पर्यटक नेपाल आएकोमा २०२३ को जनवरी र फेब्रुअरीमा साढे ३ हजार आएका थिए । चीन सरकारले नेपाललाई पनि घुम्न सकिने देशको सूचीमा राखेकाले अब चिनियाँ पर्यटक बढ्ने पर्यटन व्यवसायी बताउँछन् । चिनियाँ वायुसेवाहरूले नेपालमा उडान शुरू गरिसकेका छन् । एयर चाइना, सिचुवान, चाइना साउर्थन, चाइना इस्र्टन, क्याथे प्यासिफिकले नेपालमा उडान गर्दै आएका छन् । तिब्बत एयरले भने कोरोना देखिएपछि उडान गरेको छैन । चीनले यसअघि पनि विभिन्न देशमा चिनियाँ नागरिक जान पाउने गरी सूचना जारी गरेको थियो । तर, उक्त सूचीमा नेपाल नपरेको र अहिले सरकारी तहबाटै र नेपालस्थित चिनियाँ दूतावासलाई आग्रह गर्दा सूचीमा नेपाल परेको नेपाल पर्यटन बोर्डका एक अधिकारीले जानकारी दिए । उनका अनुसार अब चिनियाँ पर्यटकको संख्या वृद्धि हुनेछ । यसैबीच चीनले कोभिड–१९ महामारी फैलिएपछि  विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । बुधवार (१५ मार्च) देखि विदेशीलाई भिसा जारी गरिने चिनियाँ विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न बेइजिङले केही महीनाअघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो  । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुन: खुलेको छ । चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोको सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै  मार्च २८, २०२० अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुन: चीनमा प्रवेश गर्न पाउनेछन् ।