सभापति देउवाद्वारा श्रेष्ठको 'नेपाली जनजातीय संस्कार र संस्कृति' पुस्तक लोकार्पण

काठमाडौं : नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ आइतबार विहान सार्वजनिक भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पुस्तक लोकार्पण गरेका हुन्। २० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए।…