मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसको दावी

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसले दावी गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनोजकुमार यादव विजयी भएको सो गाउँपालिकामा यही वैशाख ३० गते हुने निर्वाचनमा काँग्रेसले दावी गर्दै आएको हो  ।गाउँपालिकामा आफ्नो जित सुनिश्चित रहेको भन्दै काँग्रेसले  गाउँपालिका सभापति विश्वनाथ यादवलाई अध्यक्षका लागि अगाडि सारेको छ । यादवले गाउँपालिका अध्यक्षका लागि आफूलगायत अन्य नेताहरुको पनि दावी रहेको बताएका छन् । ‘जनताले पहिल्यैदेखि विश्वनाथ आउनुपर्थ्यो भन्

सम्बन्धित सामग्री

एमाले मधेस प्रदेशमा सहमति जुटेको दावी, अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत !

जनकपुर । नेकपा एमाले मधेस प्रदेशको भावी नेतृत्वका लागि सहमति जुटेको दावी गरिएको छ । जनकपुरमा जारी प्रदेश अधिवेसनमा अध्यक्षमा चन्देश्वर मण्डलको नेतृत्वमा पाँचै पदाधिकारीमा सहमति जुटेको दावी गरिएको हो । जसअनुसार उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल तथा उपसचिवमा आरती भण्डारी र मोहम्मद कयस सर्वसम्मत भइसकेका छन, यसको औपचारिक घोषणा मात्रै हुन बाँकी रहेको […]

एमाले चितवनको अध्यक्षमा चार जनाको दावी

नेकपा एमाले चितवनको १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । २३ र २४ पुसमा हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ । एमाले चितवनको अधिवेशनको उद्घाटनसत्र तारापुञ्ज रिसोर्ट र बन्दसत्र पार्टी कार्यालयमा हुँदै छ ।अधिवेशनका लागि जिल्लाका सात स्थानीय तह र पेसागत संगठनहरूबाट एक हजार ६०० प्रतिनिधि छनोट भएर आएका छन् । यसअघि एमालेको गाउँ/नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।एमाले चितवनको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देख

ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी

नेकपा एमाले ओखलढुंगाको नयाँ नेतृत्वका लागि ६ जनाले दाबी गरेका छन् । पुस २३ गते शुक्रबार हुने जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि हालका अध्यक्ष मोहन श्रेष्ठ, नेताहरु शंकर कटुवाल, हर्कवोल राई, उत्तम राई, सीताराम गुरुङ र तीर्थ सुवेदीले दावी गरेका हुन् । जिल्ला नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेपनि आकांक्षी धेरै भएका कारण निर्वाचन हुने सम्भावना बढेको छ ।अध्यक्षका आकांक्षीमध्ये कटुवाललाई प्रदेश सांसद अमिरबाबुर गुरुङको साथ रहेको छ भने हर्कबोल राईलाई संघीय सांसद यज्ञराज सुन

एमाले जिल्ला अधिवेशन : बैतडीको अध्यक्षमा दुई जनाको दाबी

बैतडी – नेकपा (एमाले) बैतडी अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । २३ पुसमा हुने आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले दावी प्रस्तुत गरेका हुन् । चन्द पक्ष अहिले चुनावी प्रचारप्रसारमा रहेको सचिवका दावेदार सन्तोषप्रकाश जोशीले बताए । उनले भने, ‘हामी टिमसहित चुनावमा जान्छौँ।’ […]

एमाले बैतडी अध्यक्षमा पाल र चन्दकाे दावी

नेकपा (एमाले) बैतडी अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । २३ पुसमा हुने आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले दावी प्रस्तुत गरेका हुन् । चन्द पक्ष अहिले चुनावी प्रचारप्रसारमा रहेकाे सचिवका दावेदार सन्तोषप्रकाश जोशीले बताए । उनले भने, ‘हामी टिमसहित चुनावमा जान्छौँ ।' पाल भने सहमतिबाटै अध्यक्ष बन्ने दाउमा छन् । पालले जिल्लाका नेता कार्यकर्तासँग लविङ गरिरहेका छन्। उनले भने, ‘नेताकार्यकर्ताक

एमाले सल्लाहकार परिषदको अध्यक्षमा बोहोरा चयन

काठमाण्डाै – नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्ष हुनु भएको छ । शनिबार भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहोरा परिषदको अध्यक्षमा चयन हुनु भएको हो । अध्यक्षमा चयन भएलगत्तै उहाँले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको सपथ लिनुभयो । बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको केन्द्रीय कमिटीमा नेतृत्वका लागि दावी गर्न पाउनु भएको थिएन । नवौं महाधिवेशनमा उहाँ पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित हु...

भीम रावल भन्छन्ः सर्वसम्मतको प्रयास कहाँ भइरहेको छ मलाई थाहा छैन

नेकपा एमालेकाे अध्यक्षमा दावी गरेका भीम रावलले सर्वसम्मतको प्रयासबारे आफूलाई केही थाहा नभएको बताएका छन्।...

एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्वाचित

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्विरोध निर्वाचित भएका छन् ।  मंगलवारदेखि बेनीमा सुरु भएको प्रथम नगर अधिवेशनका क्रममा नारायण जिसी, चन्द्रकुमार केसी र राजकुमार थापाले नगर अध्यक्षमा दावी गरेपछि लम्बिएको थियो ।अध्यक्षका आकांक्षी राजकुमार थापाले दाबी फिर्ता लिएपछि जिसी र चन्द्रकुमार केसीबीच सहमति गराउनका लागि पार्टी नेतृत्वले बुधबार दिनभर गरेको प्रयासपछि राती सहमति भएकाले जिसी निर्विरोध भएका हुन् ।  उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास विश्वकर्मा, उपसचिवमा लक्ष्मण कट

अखिल क्रान्तिकारीको अध्यक्षमा दावेदार ५ जना माओवादीको केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्षमा दावी गरेर नपाएका ५ जना विद्यार्थी नेता नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अनेरास्ववियुको अध्यक्षमा दावी गर्ने विद्यार्थी नेताहरुबीच आइतबार बिहान प्रचण्ड निवासमा भएको छलफलमा संगठनको अध्यक्ष पन्चासिंह बन्ने भएपछि अन्य ५ अध्यक्षका आकांक्षी विद्यार्थी नेतालाई पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।‘पञ्चाजी संगठनको अध्यक्षको जिम्मेवारी पाउने भएपछि