बलात्कारविरुद्ध सडक नाटकः युवाको प्रदर्शन, 'न्याय हराएको मेरो देश'

हेटौँडाः देशका विभिन्न स्थानमा भइरहेका बलात्कार र महिला हिंसाका घटनाविरुद्ध बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार प्रर्दशन भएको छ। युवाको सहभागितामा हेटौँडाको बुद्धचोकमा न्यायका लागि स्वतन्त्र जनदबाब नामक अभियानले विरोध प्रर्दशन गरेको हो। अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्य व्यवस्था र कानुन कार्यान्वयनको कमजोर अवस्थाका कारण देशमा बालबालिका र महिलामाथि हिंसाका घटना बढिरहेको…

सम्बन्धित सामग्री

लैंगिक हिंसाविरुद्धको अभियानलाई जोन्टा क्लबको साथ

काठमाडौं (अस) । जोन्टा क्लब अफ काठमाडौंले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिँदै मंसिर ९ गतेबाट लैंगिक हिंसाविरुद्धको अभियान सुरु गरेको छ । यो कार्यक्रम संयुक्त राष्ट्रसंघको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको हिस्सा हो । अभियानअन्तर्गत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने कार्यक्रममा महिलामाथि हुने हिंसाविरुद्ध विभिन्न चेतनामूलक गोष्ठी, छलफल चलाइने गरेको छ । जोन्टा क्लबले ‘कहिलेकाहीँ होइन, कहिले पनि हुँदैन’ सन्देश दिने गरी ४ वटा सर्ट फिल्म बनाएको छ । यी सर्ट फिल्मले हिंसा, उत्पीडन र बाल–विवाहविरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको क्लबकी अध्यक्ष सीमा गोल्छाले बताइन् । अभियानको हिस्साको रूपमा जोन्टाले काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्दै छ । सामाजिक सन्देश प्रवाह गर्न सडक नाटक प्रभावकारी हुने भएकाले ‘लैंगिक हिंसा र बाल–विवाहविरुद्ध आवाज उठाऔं’ सन्देशसहितका नाटक प्रदर्शनी गरिने क्लबकी सदस्य अधिवक्ता रत्न कार्कीले बताइन् । क्लबले हिंसामा परेका महिला एवं बालिकाको सहयोगका लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १०० र अन्य विभिन्न संस्थासँग सहकार्य गरिरहेको जनाएको छ ।

नौकुन्डमा बालविवाह तथा बहुविवाह सम्बन्धी सडक नाटक

सरस्वती न्यौपाने ,रसुवा । जिल्ला को नौकुन्ड गाउँ पालिकाको वडा नम्बर तीन पारच्याङमा फागुन २५ गते बालबिवाह तथा बहुविवाह ले पार्ने असर बारे सडक नाटक गरिएको छ । वडा नम्बर ३ को कार्यालय को आयोजनामा रसुवालि पारच्याङ युवा कल्वको समन्वय मा मिलिजुली बालविवाह र बहुविवाह नियन्त्रण गरौ सुनौलो भविष्य निर्माण को महाअभियान मा सवै लागि […]

ओलीको कदमविरुद्ध विद्यार्थीको सडक नाटक, तस्बिरमा हेर्नुहोस्

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विद्यार्थीहरुले सडक नाटक प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका अनेरास्ववियू विश्वविद्यालय समितिले सडक नाटक गरेको हो । सो क्रममा उनीहरुले प्रधानमन्त्रीको पुतला बनाएर जलाएका थिए ।तस्बिरहरु हेर्नुहोस्ः