पारवहनमा प्रतिस्पर्धा

नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएपछि नेपालले आफ्नै रेल तथा वागन प्रयोग गरी भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट सामान ढुवानी गर्न पाउने भएको छ । त्यस्तै भारतीय रेल कम्पनीहरूले पनि भारतीय बन्दरगाहबाट नेपालसम्म सामान ढुवानी गर्न पाउने भएकाले यस्तो ढुवानीमा कन्टेनर कर्पोरेसन अफ इन्डिया –कोन्कर) को एकाधिकार तोडिएको छ । यसले पारवहन लागत घट्ने आधार तय गरेको छ । तर, यसको कार्यान्वयनमा सम्भाव्य व्यावहारिक कठिनाइलाई हेर्दा नेपालले यसबाट फाइदा नपाउन पनि सक्ने देखिन्छ । व्यापार लागत कम हुने गरी संशोधित व्यवस्था कार्यान्वयन गराउन चुनौतीपूर्ण नै छ । सपिङ कम्पनीले वीरगञ्ज सुक्खाबन्दरगाहसम्म सीधै सामान पठाउने हुँदा प्रतिस्पर्धाको लाभ आयातकर्ताले नभई सिपिङ कम्पनीले लिन सक्ने अवस्था देखिन्छ । नेपालको सिमानासम्म भारतीय कम्पनीहरू आउन सक्ने तथा कोलकाता र हल्दिया बन्दरगाहसम्म नेपाली रेल पनि जान सक्ने व्यवस्था एक कदम प्रगति हो । नेपालले १० वर्ष अघिदेखि उठाउँदै आएको मागलाई अहिले भारतले सम्बोधन गरेको छ । तर, विशाखापत्तनम् बन्दरगाहलाई संशोधित सुविधामा नपारिँदा अपेक्षित लाभ लिन कठिन हुने देखिन्छ । नेपाल भारतबीच सम्झौता भएसँगै भारतीय चारओटा रेल कम्पनीहरू नेपालसम्म ढुवानीका लागि तयार भएका छन् । यसले ढुवानी कम्पनीहरूबीच प्रतिस्पर्धा हुन्छ । नेपाल आउने कार्गोका लागि स्वीकृति दिएका बन्दरगाहबाट सामान ल्याउन सहज हुन्छ । अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा साझेदारी गरिहेको कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले तत्कालै रेलसेवा सञ्चालनको तयारी थालेको छ । बन्दरगाह सञ्चालन गर्ने र ढुवानी पनि गर्ने एउटै कम्पनी हुँदा नयाँ व्यवस्थाको लाभ आयातकर्तालाई नहुन पनि सक्छ । अर्थात् यसले पारवहन लागत नघट्न पनि सक्छ । यसको कार्यान्वयनमा सतर्कता अपनाउनु जरुरी देखिन्छ । सिपिङ कम्पनीले वीरगञ्ज सुक्खाबन्दरगाहसम्म सीधै सामान पठाउने हुँदा प्रतिस्पर्धाको लाभ आयातकर्ताले नभई सिपिङ कम्पनीले लिन सक्ने अवस्था देखिन्छ । त्यसैले यसको कार्यान्वयन नेपाली व्यवसायीलाई लाभ हुने गरी गर्नु आवश्यक छ । ढुवानीका लागि अहिले दिइएको सुविधामा विशाखापत्तनम् बन्दरगाह भने परेको छैन । अहिले नेपालको समुद्रपार व्यापारको झन्डै ४० प्रतिशत अंश यसै बन्दरगाहबाट हुन थालेको छ । नेपालले यो सुविधा भारतसँग माग गरेको समयमा विशाखापत्तनम्बाट आयात खासै हुँदैनथ्यो । तर, अहिले यहाँबाट हुने आयातको परिमाण निकै भए पनि नेपाली अधिकारीहरूले विशाखापत्तनम्को विषयमा ध्यान जान नसकेको देखिन्छ । त्यस्तै, नेपालको रेलसेवा भारतको कोलकाता र हल्दिया बन्दरगाह जान सक्ने व्यवस्था गरिएको छ । यो सकारात्मक पक्ष हो । तर, यसमा निजी कम्पनीलाई समावेश गरिएको छैन । सरकारी कम्पनीले रेल किनेर ढुवानी गर्ने योजना र सोच अहिलेसम्म पाइएको छैन । सोचै भए पनि त्यो यथार्थमा परिणत हुन कठिन नै देखिन्छ । भारतसँग किनिएका दुईओटा रेल थन्किएर बसेकाले नेपाल सरकारले ढुवानीका लागि रेल सञ्चालन गर्ला भनेर आशा गर्न सक्ने ठाउँ देखिँदैन । अर्को कुरा, सर्वसाधारणका लागि रेल सञ्चालन गर्दा आर्थिक लाभभन्दा पनि प्रचारको लाभ बढी हेरिएको छ । ढुवानीका लागि रेल सञ्चालन गर्दा लोकप्रियतामा खासै नपर्ने हुनाले सरकारले यो काम गरिहाल्ला भन्न सकिँदैन । तर, नेपालका निजी कम्पनीहरूलाई यो सुविधा दिएको भए उनीहरूले कम्पनी खोल्ने वा भारतीय कम्पनीसँग साझेदार गर्न सक्ने सम्भावना थियो जसको लाभ नेपाली पक्षले पाउन सक्थ्यो । विराटनगर र वीरगञ्जबाहेक अन्य नाकामा पनि रेलवेको पूर्वाधार बनाउनु आवश्यक देखिन्छ । नेपालको सीमामा ५/१० किलोमीटर मात्रै भए पनि रेलवे सञ्चालन भएमा ढुवानीका लागि पूर्वाधार तयार हुन्छ, त्यहाँ आधारित रेल भारतका धेरैजसो बन्दरगाहसम्म जान पाउँछन् । धेरै सीमाक्षेत्रमा यस्तो पूर्वाधार बनेमा रेलवेबाट हुने ढुवानीमा साँचीकै प्रतिस्पर्धा हुने देखिन्छ । नेपालले यसका लागि राम्रो तयारी गर्नुपर्छ ।

सम्बन्धित सामग्री

पोल्ट्री उद्योगमा प्रतिस्पर्धा

नेपालको परिवेशमा गाउँ, घर, सहर, टोल–टोलमा ह्याचरी खोल्ने प्रतिस्पर्धा छँदैछ।

केही क्षेत्रमा गठबन्धनका दलबीच प्रतिस्पर्धा हुने

काठमाण्डाै – सत्ता गठबन्धनका चार दलभित्र सहमति हुन नसकेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सबै क्षेत्रमा साझा उम्मेदवार तय गर्न नसकेपछि सत्तारूढ दलभित्रै प्रतिस्पर्धा हुने भएको हो ।बैठकपछि निकालिएको विज्ञप्तिमा केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ र ती ठाउँमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको उल्लेख छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ...

कैलाली–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

कैलाली–२ मा प्रतिनिधिसभा निर्वाचन तर्फ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। मुख्यगरी गठबन्धनका भगत बडुवाल, नेकपा एमालेका झपट रावल र नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीबीच प्रतिस्पर्धा देखिएको छ।...

निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः अध्यक्ष ओली

'लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन', उनले भने।

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ,शत्रुता होइन : ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन’, उनले भने । देशमा द्वन्द्व हुँदा बाहिरी […]

सत्ता पक्षबीच नै प्रतिस्पर्धा

सत्तारूढ प्रमुख राजनीतिक दलहरूबीच स्थानीय तहको निर्वाचनमा सयभन्दा बढी स्थानीय तहमा मुख्य प्रतिस्पर्धा भएको छ।...

लहान मेयरमा नयाँ र पुराना अनुहारबीच प्रतिस्पर्धा

सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका महेश चौधरी पहिलो ‘इनिङ’ का लागि एमालेका उम्मेदवार मुनि साह सुडीसँग प्रतिस्पर्धा गर्र्दैछन्। साह मेयरमा तेस्रो ‘इनिङ’ का लागि प्रतिस्पर्धा गर्दैछन्।...

टीकापुरमा त्रिपक्षीय प्रतिस्पर्धा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको टीकापुर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।...

चुनावी प्रतिस्पर्धा सकियो, अब काममा प्रतिस्पर्धा हुन्छ : विश्वप्रकाश

नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए । जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए ।उनले महामन्त्रीमै निर्वाचित अर्का युवा नेता गगन थापाको जितमा पनि खुशी व्यक्त गरे । मह