गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु - NepaliPatra

गण्डकी । गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाको बैठकलाई सम्बोधन गरे । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले सोधेका प्रश्नको उनले जवाफ दिएका थिए । प्रदेशसभा बैठकलाई गएको बुधबार भएको सम्बोधनपछि त्यसमा आधारित भएर मुख्यमन्त्रीलाई प्रदेशसभा सदस्यले प्रश्न गरेका थिए र उनले प्रत्येक प्रश्नको जवाफ दिनुुभएको थियो । प्रश्न गण्डकी प्रदेश क्षेत्रका थिए र […]

सम्बन्धित सामग्री

पहिचान भएको पनि दशक बित्यो अझै गुमनाम छ ‘गुरिल्ला ट्रेक'

गण्डकी । पर्यटक पथप्रदर्शक दिवस गुरुङका भनाइमा ‘लुकेको हीरा’ हो गुरिल्ला ट्रेक । गतसाल मध्यबर्खामा उनले ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेका थिए । गत वर्षको साउनको दोस्रो साता पोखराबाट निस्किएका उनले पर्वत, बागलुङ, पूर्वी रुकुम हुँदै भदौ आखिरीतिर रोल्पाको जेलवाङ पुगेर पदयात्रा बिट मारेका थिए । 'बागलुङको बुर्तिबाङसम्म मोटरमा पुगेँ, त्यसपछि ढोरपाटन हुँदै पदयात्रा सुरु गरेको थिएँ,' २९ वर्षीय गुरुङले भने, 'अरु पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको पदमार्ग भएकाले घुम्ने हुटहुटी र जिज्ञासा पहिलेदेखि नै थियो ।' उनका अनुसार प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथितिआदि गुरिल्ला ट्रेकका विशेषता हुन् । 'गुरिल्ला ट्रेक ‘भर्जिन’ गन्तव्य हो, यसको ब्राण्डिङ गर्नु जरुरी छ,' उनले भने, 'नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला गुरिल्ला ट्रेकबाट नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्छ ।' रोल्पाको सुनछहारी गाउँपालिकाका पर्यटन व्यवसायी तथा घरबास महासङ्घ लुम्बिनीका उपाध्यक्ष बालकुमार पुनले छोटो, मध्यम र लामो दूरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिने बताए । उनका अनुसार सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । मध्यम दूरीको पदयात्रा गर्न १९ दिन लाग्ने पुनको भनाइ छ । जुन बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिने पुनले बताए । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाई समेत समेट्ने उनको भनाइ छ । 'ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ्गाउन सकिन्छ,' उनले भने, 'यो ट्रेकले माओवादी जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङदेखि युद्धले सघन प्रभाव परेका ठाउँलाई जोडेको छ, युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको हो ।' बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिने उनले बताए । 'बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ÷दस दिनमै टुङ्गाउन सकिन्छ, समय र अरु व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर गुरिल्ला ट्रेकमा जान सकिन्छ,' पुनले भने । अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचे जसरी गुरिल्ला ट्रेकको विकास भने हुन नसकेको उनको भनाइ छ । 'राज्यले पनि खासै हेरेन, पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा यो ट्रेक परिरहेको छ,' पुनले भने, 'पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि गुरिल्ला ट्रेक यसै गुमनाम छ ।' नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको पहलमा विसं २०७२ मा यो पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गर्नुभएको थियो । माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । 'गुरिल्ला ट्रेकको अवधारणा विसं २०६८/०६९ देखि नै सुरु भएको हो, घोषणा र प्रवद्र्धनको काम पछि आएर भयो,' पुनले भने, 'अरु भन्दा यो ट्रेक विशिष्ट खाले छ, युद्ध पर्यटनसँग जोडिएको छ ।' पूर्वाधार र प्रचार अभावमा गुरिल्ला ट्रेक छायाँमा परेको उनका बुझाइ छ । 'अध्ययन/अनुसन्धानका लागि देशविदेशका खोजकर्ता तथा अनुसन्धानकर्मी बेलाबेला आउँछन्, तर पर्यटकको आकर्षण भने बढ्न सकेको छैन,' उनले भने, 'योजनाबद्ध पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनको खाँचो छ, स्थानीय तहदेखि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ ।' उक्त ट्रेकको नक्साङ्कन भइसकेको र विभिन्न टुर्स एण्ड ट्राभल्स कम्पनीमार्फत पनि प्रवर्द्धनको प्रयास भइरहेको पुनले उल्लेख गरे । 'म्याग्दीको गुर्जाघाटदेखि ढोरपाटनको बुकी भएर पूर्वी रुकुम निस्कदा दुई÷तीन दिनसम्म मानव बस्ती नै भेटिँदैन, लत्ताकपडा, खानेकुरा, टेण्टसहित बन्दोबस्ती लिएर यो ट्रेकमा जानुपर्छ,' पुनले भने, 'अन्त भने खाजाघर, होटल र घरबास ठाउँठाउँमा छन्, खास ठूलो समस्या छैन ।' पर्यटक पथप्रदर्शक गुरुङले गुरिल्ला पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उल्लेख गरे । 'छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थलआदिको अवलोकन गर्न सकिन्छ,' उनले भने, 'अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।' उनका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो ट्रेकको प्रमुख आकर्षण हो । गुरुङले पदयात्राका क्रममा ढोरपाटनको बुकी क्षेत्रका गोठालासँग सातादिन बिताउनुभएको थियो । 'गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ,' उनले भने, 'अरु पदमार्गको भन्दा बेग्लै अनुभवका लागि गुरिल्ला ट्रेक रोज्न सकिन्छ, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।' अग्ला पहाड, भीरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कदाँ सोही किसिमको बन्दोबस्ती मिलाउनुपर्ने गुरुङको सुझाव छ । घोषणा भएर प्रयोगमा आएको वर्षौँ बितेपनि गुरिल्ला पदमार्गले सोचेजति उचाइ लिन नसकेको उनका अनुभव छ । गुरिल्ला ट्रेकमा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने गुरुङले विचार छ । 'पदमार्ग स्तरोन्नतिदेखि पूर्वाधारमा ध्यान दिनु आवश्यक छ, ठाउँठाउँमा चिया–खाजा पसल, विश्रामस्थल बनाउनुपर्छ,' उनले भने । स्तरीय पदमार्ग, होटल तथा घरबासको अभाव आदि कारणले पनि गुरिल्ला पदमार्गमा पर्यटकको आकर्षण बढ्न नसकेको गुरुङले बताए । उनले पदमार्गमा व्यवस्थित रुपमा सूचना र सङ्केत पाटी राख्नुपर्ने आवश्यक औँल्याउनुभयो । 'माओवादी जनयुद्धबारे बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ,' गुरुङले भने, 'मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज–अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ ।' रुकुम पूर्वको भूमे गाउँपालिका–९ का अध्यक्ष विनोद बुढाले पछिल्लो समय गुरिल्ला पदमार्गको चर्चा सेलाउँदै गएको बताए । 'सुरुसुरुमा प्रचारमा पनि आयो, पूर्वाधार निर्माणका केही काम पनि भए तर अहिले यो ट्रेक ओझेलमा परेको छ, पर्यटक पनि आएको देखिन्न, कसैले नाम लिएको पनि सुनिन्न,' उनले भने, 'माओवादीको चुनुवाङ बैठक भएको भेरीडाँडालाई भने ऐतिहासिकस्थलका रुपमा संरक्षण गर्ने काम भइरहेको छ, अहिले सडकमार्गले पनि जोडिएको छ ।' बैठकस्थल, सैन्य अभ्यास गरिएका ठाउँ, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता बसेका घरलगायत संरचनाको जीर्णोद्धार गरिएको अध्यक्ष बुढाले बताए । पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पालगायत ठाउँमा जनयुद्धकालीन समयको झल्को दिने गरी सङ्ग्रहालय, शान्ति स्तम्भ, सहिदमार्गआदि निर्माण भइरहेको उनले बताए । पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ब्राण्डिङ गर्नसके गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताए । 'ढोरपाटनलगायत पश्चिम पहाडी क्षेत्र पर्यटन विकासमा अहिले पनि पछाडि छ, राज्यका निकायको पनि ध्यान पुग्न सकिरहेको छैन,' उनले भने, 'युद्धबाट गुज्रेका ग्रामीण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई गुरिल्ला ट्रेकमा आकर्षित गर्न सकिन्छ ।' रासस

गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु

– वासुदेव पौडेल/रासस गण्डकी, ३ भदौ । गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाको बैठकलाई सम्बोधन गरे । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले सोधेका प्रश्नको उनले जवाफ दिएका थिए। प्रदेशसभा बैठकलाई गएको बुधबार भएको सम्बोधनपछि त्यसमा आधारित भएर मुख्यमन्त्रीलाई प्रदेशसभा सदस्यले प्रश्न गरेका थिए र उनले प्रत्येक प्रश्नको जवाफ दिएका थिए। प्रश्न गण्डकी प्रदेश […]

गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु

– वासुदेव पौडेल/रासस गण्डकी, ३ भदौ । गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाको बैठकलाई सम्बोधन गरे । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले सोधेका प्रश्नको उनले जवाफ दिएका थिए। प्रदेशसभा बैठकलाई गएको बुधबार भएको सम्बोधनपछि त्यसमा आधारित भएर मुख्यमन्त्रीलाई प्रदेशसभा सदस्यले प्रश्न गरेका थिए र उनले प्रत्येक प्रश्नको जवाफ दिएका थिए। प्रश्न गण्डकी प्रदेश […]

संघीय शिक्षा नियमावली जारी गर्न माग

पोखरा- नेपाल राष्ट्रिय अभिभावक संघले संघीय शिक्षा नियमावली जारी गरी शिक्षा क्षेत्रको अन्योलतालाई अन्त्य गर्न सरकारसँग माग गरेको छ। संघको गण्डकी प्रदेशको हालै सम्पन्न प्रथम प्रदेश सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गर्दै संघीय शिक्षा ऐन जारी गर्न माग गरेको हो। मुलुकले संघीय शासन प्रणालीको अभ्यास गरेको पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल सुरु भइसक्दा पनि […]

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक ४० खेलाडीको 'एन्टी डोपिङ' परीक्षण

पोखरा- गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका ४० जना खेलाडीहरूको 'एन्टी डोपिङ' गरिएको छ । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यो अभ्यास गरिएको हो । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एन्टी डोपिङ सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत गठित एन्टी डोपिङका उपसमितिका ...

लकडाउन र अतिरिक्त मात्रा खोपको विषयमा के छलफल भयो ? फेरि लकडाउन लाग्ला?

झन्डै एक हजार जनालाई एकै दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको दिन प्रधानमन्त्री शेरबहादुर देउवाले जोखिममा रहेका व्यक्तिहरूका लागि तेस्रो मात्रा खोप दिन निर्देशन दिएका छन्।कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्।बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले निश्चित समूहहरूलाई माघको पहिलो साताबाट अतिरिक्त मात्रा खोप दिने प्रक्रिया अघि बढाएको बताएका थिए।यसअघि यसै सातादेखि अतिरिक्त मात्रा दिने अभियान भनेर तय गरिएको कार्यक्रमलाई मन्त्रालयले रद्द गरेको थियो।निर्देशक समितिको बैठकपछिल्लो २४ घण्टामा करिब १५ हजार नमुना परीक्षण गर्दा ९६८ वटा नयाँ सङ्क्रमण पुष्टि भएका खबरमाझ प्रधानमन्त्री देउवा नेतृत्वको सीसीएमसीसीसी निर्देशक समितिको बैठक बसेको थियो।त्यसअघि शुक्रवार अपराह्न मन्त्रालयले थप २४ जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताएका थिए।सीसीएमसीसीको बैठकमा सङ्क्रमणले भावी दिनमा निम्त्याउन सक्ने जोखिम र त्यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा छलफल भएको अधिकारीहरूले बताएका छन्।सीसीएमसीसी प्रवक्ता सहसचिव सुनिता नेपाल भन्छिन्, 'छलफलमा 'हामीसँग खोप यथेष्ट मात्रामा छ, सकेसम्म हामीले खोप सबैलाई लगाइदिन सक्यौँ भने सङ्क्रमण फैलिनै हाल्यो भने पनि त्यसको असर कम हुने अन्य देशहरूमा पनि देखिएको छ' भनेर विज्ञहरूले कुरा राख्नुभएको थियो।'प्रधानमन्त्रीका तीन निर्देशनउक्त बैठकमा प्रधानमन्त्री देउवाले पनि यो महिनाभित्र लक्षित जनसङ्ख्याको दुईतिहाइलाई खोप दिने सरकारको लक्ष्य प्राप्तिका लागि अझ सक्रियताका साथ काम गर्नुपर्ने धारणा राखेका थिए।स्वास्थ्यसहित विभिन्न मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित बैठकमा प्रधानमन्त्रीले तीन निर्देशन दिएको प्रवक्ता नेपालले बताइन्।सतर्क रहने र स्वास्थ्यको मापदण्ड अपनाउने कुरामा थप जनचेतना फैलाउनुपर्ने प्रधानमन्त्रीको पहिलो निर्देशन रहेको उनले बताइन्।प्रधानमन्त्री देउवाले खोप अभियानलाई तीव्र बनाउनुपर्ने धारणासहित अर्को निर्देशन दिएका थिए।त्यसक्रममा उनले निश्चित समूहमा पर्ने व्यक्तिहरूलाई तेस्रो मात्रा खोपको व्यवस्थापन गरी छिटोभन्दा छिटो अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरेका थिए।प्रवक्ता नेपालले थपिन्, 'स्वास्थ्य मन्त्रालयको तर्फबाट उहाँहरूले हामी माघको पहिलो हप्ताबाट सुरु गर्न सक्छौँ भन्नुभएको छ।'बिहीवार अपराह्नसम्मको आँकडामा नेपालमा कुल जनसङ्ख्याको लगभग ३६.२ प्रतिशतले पूर्ण मात्रा र ४९.१ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।पुस मसान्तसम्म १८ वर्षभन्दा माथिको उमेर समूहका दुईतिहाइलाई खोप लगाइसक्ने लक्ष्य गण्डकी र बाग्मती प्रदेशले मात्रै प्राप्त गरेका छन्। प्रधानमन्त्री देउवाले सीसीएमसीसी बैठकमा खोप अभियानलाई अझ व्यापक बनाउन सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने धारणा राखेका थिए।आफ्नो तेस्रो निर्देशनमा प्रधानमन्त्री देउवाले भविष्यमा कोभिड-१९ महामारीका कारण देखा पर्नसक्ने जोखिमलाई ध्यान दिएर पूर्वतयारी अघि बढाउनुपर्नेमा जोड दिएका थिए।त्यसका लागि अस्पतालहरूमा अक्सिजनलगायत अरू सामग्रीहरू तयार अवस्थामा राख्न र होल्डिङ सेन्टरहरूको व्यवस्थापन गर्न सुझाव दिएका थिए।यसअघि यसै वर्षको सुरुमा देखिएको कोभिड-१९ को लहरसँग जुझ्न नेपालले अक्सिजन र आईसीयू सहितका जीवनरक्षक स्वास्थ्य सहयोग प्रणालीहरूको अभाव खेपेको थियो।के फेरि लकडाउन लाग्ला?नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर वृद्धि हुनसक्ने सङ्केतका माझ प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको बैठक हप्तामा एकपटक राखेर स्थितिको समीक्षा गर्नेबारे शुक्रवार छलफल भएको अधिकारीहरू बताउँछन्।लकडाउन वा यात्रामा निषेधाज्ञा लगाउने विषयमा छलफल भए या भएनन् भन्ने विषय बाहिर ल्याइएको छैन।तर प्रवक्ता नेपालले विभिन्न सम्भावित कदमहरूबारे शुक्रवारको बैठकमा छलफल भएको बताइन्।उनले भनिन्, 'हामीले दोस्रो लहर चल्दा पनि लकडाउन अपनायौँ। आफ्नो अवस्था कस्तो छ त्यो अनुसार नै जिल्लाहरूले अभ्यास गर्नुभयो। त्यस्तै अभ्यास अघि बढ्न सक्छ। यो निर्णयमा पनि आउन सक्ला तर अहिले नै मैले भन्न सकिन।'सीसीएमसीसीले आफ्नो जिल्लाको अवस्था हेरेर मापदण्ड तय गर्न तलका निकायहरूलाई निर्देशन दिएको उल्लेख गर्दै तेस्रो देश वा भारतबाट आउनेहरूलाई १० दिन घरभित्रै एक्लिएर बस्न विगतमा सुझाव दिइएको उनले उल्लेख गरिन्।'अहिले हामी आफैँले पनि अनुशासित हुनुपर्ने अवस्था देखिएको छ।'

कांग्रेसमा बल्ल संघीयताको अभ्यास

संघीयता लागू भएपछि पहिलोपटक कांग्रेसले प्रदेश तहमा नेतृत्व चयन प्रक्रिया थालेको छ । महाधिवेशन सुरु हुनुभन्दा करिब एक साताअघि बिहीबार प्रदेश अधिवेशन सुरु गरिएको हो । सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट एकसाथ प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन उद्घाटन गरे । प्रदेश १ मा आन्तरिक विवादका कारण अधिवेशन उद्घाटन हुन सकेन ।