युक्रेन प्रकरणले रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

एजेन्सी । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । मंगलबार अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय सुरक्षामा गम्भिर चुनौती थपिएको हो । रुसी लडाकु विमानसँग ठोकिएर आफ्नो एम. क्यु. नाइन ड्रोन विमान कृष्ण सागरमा खसेको अमेरीकी रक्षा मन्त्रालयको दाबी छ । […]