मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउन माग

काठमाडौं । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले बाढीग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा तामाङले संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउन आग्रह गरे । “मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत र पुनःस्थापनाको प्याकेज छिटो सुरु गरियोस् ।” उनले...