भोजपुरी कलाकार खेसरीलाल भन्छन्– मेरो कुनै गल्ती छैन, मलाई डेढ करोड चाहियो

काठमाडौं ।  सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा मंगलबार भएको आगजनी र तोडफोड घटनाबारे भोजपुरी कलाकार खेसरीलाल यादवले स्पष्टीकरण दिएका छन् । महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल नआएपछि त्यहाँ पुगेका दर्शकले तोडफोड र आगजनी गरेका थिए । तोडफोडपछि विराटनगर पुगेका कलाकार खेसरीलाल फेसबुक लाइभमार्फत आफ्नो गल्ती नभएको बताएका छन् । “हेर्नुहोस्, यसमा न म दोषी हुँ, न जनता हुन्, न त नेपालको प्रशासन...