तस्बिरमा हेर्नुहोस् शीतल निवासको शपथ

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।  सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गरेका हुन् ।  अध्यक्ष दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरे । त्यस्तै मन्त्रीहरू मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरे ।  ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एव

सम्बन्धित सामग्री

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण, तस्बिरमा हेर्नुहोस्

प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर सोमबार साँझ पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो । एमालेका उपाध्यक्ष समेत रहेका उनले प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि भूमिका खेलेका थिए ।

नवनियुक्त रक्षामन्त्री रिजालले सम्हाले पदभार, तस्बिरमा हेर्नुहोस्

नवनियुक्त रक्षामन्त्री मीनेन्द्र रिजालले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच शपथ लिएसँगै उनले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । रक्षा मन्त्रालयमा उनलाई सेनाको प्रतिनिधिका साथै सचिव, कर्मचारी लगायतले स्वागत गरेका थिए । तस्बिरमा हेर्नुहोस्ः

शपथलगत्तै पदभारका लागि देउवा सिंहदरबारमा, तस्बिरमा हेर्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएर प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार पुगेका छन् । उनी मंगलबार राति सिंहदरबारमा पुग्दा काँग्रेस नेता कार्यकर्ताका साथै कर्मचारीहरुले स्वागत गरेका थिए । उनले आजै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार गर्ने कार्यक्रम रहेको छ । देउवा सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेका हुन्  । देउवाको प्रधानमन्त्री बनेको यो पाँचौ पटक हो । तस्बिर : कृष्ण खड्का/रातोपाटी

शीतल निवासमा देउवाको शपथ, तस्बिरमा हेर्नुहोस्

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएअनुसार राष्ट्रपति विद्योदवी भण्डारीले आजै उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै शपथ सम्पन्न भएको हो।   देउवा सरकारमा बालकृष्ण खाँड, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की र पम्फा भुसाल पहिलो चरणमा मन्त्री बनेका छन् । शपथग्रहण समारोहका तस्बिर हेर्नुहोस्ः

देउवाको शपथको पर्खाइमा पूर्व प्रधानमन्त्रीहरू, हेर्नुहोस् तस्वीर

राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनीयताको शपथको पर्खाइ भइरहेको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७६(५) उल्लेख नभएपछि शपथमा ढिलाइ भइरहेको छ । देउवालाई सर्वाेच्च अदालतको संवैधानिक इजलासको फैसला बमोजिम नियुक्त गरिएको व्यहोरा विज्ञप्तिमा उल्लेख छ । शपथ कार्यक्रम हुने समारोहमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायत उपस्थित भएर पर्खाइमा रहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको...