प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि राजनीति सङ्लिएला भन्ने जनताले अपेक्षा गरेका थिए तर सोचेअनुरुप हुन सकेको छैन । चुनावको प्रत्यक्ष तर्फका परिणाम आइसकेका छन् भने समानुपातिक चुनावबाट कुन दलका को–को सांसद निर्वाचित भए भन्ने अन्योल कायमै छ । यसैबीच राष्ट्रियसभा गठनलाई लिएर प्रमुख राजनीतिक दल कांग्रेस र एमाले आपसमा विवादमा रुमल्लिएका छन् र विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत मुछिने अवस्था आएको छ ।