तीनकुने पुल प्रकरण: पौने ६ करोड तिर्नू भन्दै सूचना जारी भएपछि पप्पुले उल्टै माग्यो २२ करोड !

काठमाडौंको तीनकुनेमा पुल निर्माण गर्नका लागि सम्झौता बमोजिम कार्य सम्पन्न गर्न नसकेको पप्पु कन्स्ट्रक्सनले राज्यलाई बुझाउनु पर्ने ५ करोड ८४ लाख रुपैयाँ बुझाएको छैन। ठेक्का सम्झौताअनुसार काम नगरेपछि ठेक्का सम्झौता रद्द गरिँदा पप्पुमाथि उक्त रकमको दायित्व ठहर भएको थियो। तर उक्त रकम भुक्तानी गर्नुको साटो पप्पुले उल्टै राज्यसँग २२ करोड रुपैयाँ भुक्तानी हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा नै दिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीका अनुसार पप्पु कन्स्ट्रक्सनलाई उक्त रकम भुक्तानी गर्नका लागि गत फागुनदेखि नै ...