काठमाडौं महानगरको डोजर आज बानेश्वरमा चल्यो (फोटोफिचर)

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले आज नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको संसद् भवनदेखि थापा गाउँको मन्दिरसम्म सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

सुकुम्बासी समस्या होइनन्

थापाथलीको सुकुम्बासी बस्ती हटाउन मंसिर १२ मा काठमाडौं महानगरको डोजर पुगेपछि भिडन्तको स्थिति सृजना भयो । सुकुम्बासीहरू प्रतिकारमा उत्रिए, नगर प्रहरी लगायत धेरै घाइते भए । यस घटनापछि देशैभरिका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन् । काठमाडौं महानगर, वाग्मती सभ्यता एकीकृत विकास समिति तथा सुकुम्बासीहरूको पक्ष–विपक्षमा अनेक टीकाटिप्पणी भइरहेका छन् । सुकुम्बासीप्रतिको राज्यको नीति, तिनलाई यसरी लखेट्न हुने वा नहुने भन्ने बहस पुनः सुरु भएको छ ।

गोंगबु बसपार्क क्षेत्रमा महानगरको डोजर

२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको […]

अवैध संरचनामा महानगरको ह्याम्मर (फोटोफिचर)

पछिल्ला केही दिनदेखि काठमाडौं महानगर क्षेत्रमा महानगरको डोजर दौडिरहेको छ । ती डोजरले अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइरहेका छन् ।  शनिबार सार्वजनिक बिदाको दिन कतै डोजर देखिएनन् । आइतबार बिहानै...