जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सिंहदरबारको संसदीय दल कार्यालयमा जारी रहेको छ । साँझ अबेला बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा समानुपातिक उम्मेदवारको विषयमा छलफल चलिरहेको हो । यतिबेला प्रदेशअनुसार छलफल चलिरहेको / आजै टुङ्ग्याउने गरी छलफल चलिरहेको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताए ।उनले भने, 'समानुपातिक उम्मेदवारहरूको लिस्ट लामो छ, कसलाई राख्ने कसलाई हटाउने सकस भइरहेको छ । एक-एक व्यक्तिमा छलफल भइरहेको छ । त्यसमा पनि आयोगले दिएको क्लस्टर अनुसार सबै मिलाउन