बैठकमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको बैठकमा उठेका प्रश्नको जवाफ दिन लागेका छन् । ६ दिन अघि कपिलवस्तुमा सुरु भएको नेकपाको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणको महासचिव विप्लवले बिहीबार जवाफ दिने भएका हुन् ।विप्लवले जवाफ दिएपछि उनको राजनीतिक प्रतिवेदनलाई पारित गरेर बैठक आज नै सक्ने तयारी भइरहेको छ । महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनु पर्ने उल्लेख गरेका छन् । तर बैठकमा केन्द्रीय सदस्यहरु