मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोक्न सक्ने

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको हो ।बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ ।यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सत्ता गठबन्धनभित्र एक स्वर नहुँदा निर्वाचनको मिति घोषणा हुन सकेको छैन ।आइतबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनाव र एमसीसीका विषयमा छलफल गरका थिए ।पछिल्लो समयमा सत्ताघटक दलहरु फागुन ५ अगाडी नै निर्वाचन गर्न तयार भएपछि आजको मन्त्रिपरिषद बैठकले स्थानीय निर्वाचनको मिति तोक्न सक्ने अनुमान गरिएको हो ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

काठमाठडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । सत्तारूढ गठबन्धनको  बैठकले आइतबार स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निर्णय गरेको थियो । प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधनको निर्णय गर्छ वा गर्दैन चासोको विषय बनेको छ । आगामी जेठ ५ गते म्याद सकिने स्थानीय तहका जनप्रतिनिधिको निरन्तरता हुने वा पुन स्थानीय...