यस वर्ष रुकुमका झण्डै दुइ हजार घरका खरकाे छाना हटाइए

काठमाण्डाै – रुकुम पश्चिममा खरको  छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै  घरमा खरका छाना हटाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ नगरपालिका– ३ गाउँपालिकामा दुई हजार ४२ घरमा खरको छाना हटाएर जस्तापाता राखिएकाे हो। गएको आर्थिक २०७९/८० वर्ष सबैभन्दा बढी एक हजार एक सय २० खरका छाना विस्थापित गरेर जस्तापाताले घर निर्माण आठबीसकोट नगरपालिकाले गरेको छ भने सबै भन्दा कम ५२ खरका छाना विस्थापित सानीभेरी गाउँपालिकाले गरेको छ । त्यस्तै मुसिकोट नगरपालि...