पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति राम्रो आएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा पूर्व गभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्रपनि उत्साही भएको बताए । तर, निजी क्षेत्रले जति अपेक्षा गरेको थियो त्यो सबै पूरा नभएको उनको टिप्पणी छ । उनले भने, “सबैले आशा गरेअनुसार नै नीति आएको छ । हुन त मौद्रिक नीतिमा सबैको अपेक्षा ठूलो थियो । सबै अपेक्षा पूरा हुने कुरा त भएन । तर, समग्रमा नीति राम्रै आएको छ ।”