स्थानीय चुनावको घोषणा संविधानविपरीत : महासचिव भुसाल

काठमाडौं : सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले बैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारको निर्णय संविधानविपरीत भएको दाबी गरेको छ। थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै पार्टीका महासचिव डा. बेदुराम भुसालले चुनाव घोषणा गर्दा संविधान मिचिएको बताएका छन्।स्थानीय चुनावका सन्दर्भमा संविधान र कानुन बाझिएको भन्दै उनले संविधान अनुकूल कानुन संशोधन गर्न आफूहरुले दिएको सुझावको सुनुवाइ नभएको पनि बताए। भुसालले यस विषयमा अदालतमा मुद्दा पर्न सक्ने संकेत गर्दै मिति घोषणा भए पनि चुनाव हुने वा नहुने अन्यौल कायमै रहको टिप्प