खेलाडीको विद्रोहमा कप्तानको साथ, किरण भन्छन्–म सधैँ खेडालीको पक्षमा छु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका खेलाडीलाई साथ दिएका छन् । बुधबार राति फेसबुक स्टाटस राख्दै किरणले आफू सधैँ खेलाडीको पक्षमा रहने बताएका छन् । जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प छोड्न लगाउनु सही नभएको उनको भनाइ छ । अल्मुताइरीविरुद्ध १० खेलाडीको विद्रोह “राष्ट्रिय टोलीको क्याम्पमा जायज...