नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा ३ मन्त्री नदिने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ ।
बुधबार बालुवाटारमा भएको पदाधिकारी बैठकमा नेता पौडेलले आफ्नो पक्षलाई ३ मन्त्री दिनुपर्ने माग राखेका थिए । तर प्रधानमन्त्री देउवाले २ मन्त्री मात्रै दिन सकिने जवाफ फर्काए ।
देउवाको जवाफ सुनेपछि पौडेल पक्षका नेताहरू पौडेल, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह मन्त्रीबारे कुनै टुंगो नलागी बैठकबाट हिँडेका जनाइएको छ ।
नेता पौडेलको सचिवालयका अनुसार रौतहट र सर्ल...